
१) सर्वप्रथम, नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारण सभामा यहाँहरु सबैको हार्दिक स्वागत अभिवादन गर्दछु । यहाँहरुको गरिमामय उपस्थितिले हामीलाई अत्यन्तै गौरवान्वित तुल्याएको निवेदन गर्दछु ।
२) आज भन्दा ७१ वर्ष अघि “वणिक मण्डल” को स्थापना गरि हाम्रा दूरदर्शी अग्रजहरुले विजारोपण गरेको “चेम्बर अभियान” अहिले मुलुकभर विस्तार भएको छ । मुलुकको समग्र निजीक्षेत्रको प्रतिनिधिमूलक संस्थाको साथै आर्थिक गतिविधिको मुख्य संवाहकको रुपमा स्थापित भएको छ । सरकार र निजी क्षेत्र वीचको सम्बन्ध–सेतुको रुपमा नेपाल चेम्बर अफ कमर्सले राज्यसंग सहकार्य गर्दै आर्थिक क्षेत्रका नीतिनियमको तर्जुमा, कार्यान्वयन र पुनरावलोकन, तीनै तहमा आफ्नो जिम्मेवारपूर्ण सहभागिता र भूमिकालाई थप सशक्त बनाउँदै लगेको छ ।
३) मुख्यत : मुलुकको सर्वाङ्गीण आर्थिक सम्बृद्धिमा निजीक्षेत्रको सारथीको रुपमा सरकारलाई संस्थागत सहयोग गर्ने अभिप्रायले स्थापित र क्रियाशिल नेपाल चेम्बरको सांगठनिक सञ्जाल मुलुकभर विस्तार भएको छ । हालसम्म ७० जिल्ला चेम्बर, ५१ नगर चेम्बर, ४३ वस्तुगत तथा द्विराष्ट्रिय चेम्बरहरु नेपाल चेम्बरमा आवद्ध भइसकेका छन् । ७० भन्दा बढी मित्र राष्ट्रहरुका चेम्बरसंग समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भई आपसी हित र आर्थिक सम्बृद्धिका क्षेत्रमा सह–कार्यहरु भइरहेका छन् । नेपाल चेम्बरसंग सहकार्य गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको संख्या दिनानुदिन बढिरहेको कुरा यस विशिष्ट समारोहमा निवेदन गर्न पाउँदा अत्यन्तै हर्षित भएका छौं ।
४) नेपाल चेम्बर मुलुकको समग्र निजी क्षेत्रको प्रेरणाको स्रोत पनि हो । त्यसैले नेपाल चेम्बरले “ऋयचउयचबतभ क्यअष्ब िच्भकउयलकष्दष्ष्तिथ” को भावनालाई थप उजागर गर्दै विभिन्न सामाजिक कार्यहरुलाई पनि उत्तिकै प्राथमिकताका साथ तीव्रता दिँदै आएको छ । विगत केही वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको “कोभिड–१९” को प्रकोपले नेपाल पनि आक्रान्त बन्यो । त्यसको नियन्त्रणका विभिन्न निरोधात्मक तथा प्रतिकारात्मक उपायहरु अवलम्बन गर्दै नेपाल सरकार एवं नागरिक समाजको सहयोगको लागि चेम्बरले विभिन्न कार्यहरु सम्पन्न गरेको म यहाँ स्मरण गर्न चाहन्छु ।
५) नेपाल चेम्बर अफ कमर्सका संस्थापक एवं पूर्वअध्यक्षहरुको स्मृतिमा उहाँहरुका सन्ततीहरुबाट स्थापित सम्मान तथा कदर–पत्र प्रत्येक वर्ष चेम्बरको वार्षिक साधारण सभाको अवसरमा प्रदान गरिँदै आएको छ । यस बर्ष पनि, विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्नुहुने महानुभावहरु एवं संस्थाहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिनेछ । प्रमुख अतिथि सम्माननीय सभामुख श्री अग्नि प्रसाद सापकोटाबाट यसै समारोहमा उक्त सम्मान तथा कदरपत्र प्रदान गरिने कार्यक्रम रहेको सहर्ष निवेदन गर्दछु । साथै उहाँहरु सबैमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
६) सम्माननीय सभामुख ज्यू एवं नीति निर्माण र कार्यान्वयन तहका जिम्मेवार अति विशिष्ट पदाधिकारीज्यूहरुको गरिमामय समुपस्थिति रहेको यस ऐतिहासिक समारोहमा आर्थिक क्षेत्रका केही ज्वलन्त विषयहरुमा संक्षेपमा निवेदन गर्न चाहन्छु ।
७) अर्थतन्त्रमा सुधारका प्रारंभिक संकेतहरु देखिन थालेको अवस्थामा २०७६ को अन्त्य देखि फैलिएको “कोभिड– १९” को संक्रमणले मुलुकको अर्थतन्त्रको प्रत्येक क्षेत्र प्रभावित हुन पुग्यो । अहिले उक्त महामारीका प्रकोप करीव करीव नियन्त्रणमा छ । अव त्यसको नकारात्मक असरबाट अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कार्यमा सक्रिय हुनु संपूर्ण जिम्मेवार पक्षको प्रमुख दायित्व भएको छ । तसर्थ राज्यले अविलम्ब अर्थतन्त्रको पुनरुत्थानको लागि पुनकर्जा, पुनर्तालिका लगायत आर्थिक विकासको क्उभअष्ब िएबअपबनभ घोषणा गर्ने र निकट भविष्यमा नै जारी हुने आ.ब. २०७९/८० को बजेट मार्फत त्यसलाई निरन्तरता दिने र विस्तार गर्ने कार्य हुनुपर्दछ ।
८) विद्यमान अवस्थामा मुलुकमा विद्युत आपूर्तिको समस्या उत्पन्न भएको छ । तरलताको चरम अभाव देखिएको छ । व्याजदर बढेको छ । पूर्वी युरोपमा चलेको सशस्त्र द्वण्द्वले पेट्रोलियम लगायतका केही अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या उत्पन्न हुनुका साथै उच्च मूल्य वृद्धि भएको छ ।
९) आम नागरिकले सहभागिता बढाउँदै गरेको र भर्खर भर्खर विकसित हुन लागेको पूँजी बजार एक्कासि ओरालो लाग्न थालेको छ । आम नागरिकसंग रहेको स–सानो पूँजी एकिकृत भई मेगा परियोजनाहरुमा परिचालन गर्न सकिने यो क्षेत्रलाई प्रोत्साहित गरिनुपर्छ । शेयर बजारको अवस्थाले नै वाह्य लगानीलाई पनि आकर्षित गर्ने हुँदा यसलाई प्रवद्र्धन गर्ने विषयमा जिम्मेवार पक्षको ध्यान जानु अति आवश्यक छ ।
१०) मुलुकको कूल निर्यातले पेट्रोलियम पदार्थको मात्रै पनि आयात धान्न सकेको छैन । विगत केही वर्ष देखि पर्यटन क्षेत्र ठप्प छ । पछिल्लो समयमा विप्रेषण घटेको छ । निरन्तरको बढ्दो आयातले विदेशी मुद्रा संचितिमा ह्रास आएकोले केही वस्तुहरुको आयातलाई कटौती गर्ने रणनीति सरकारले लिएको देखिन्छ । तर पूँजीगत वस्तुहरु, औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग हुने वस्तुहरु एवं सदैव ख्बगिभ ब्ममष्तष्यल र ब्उउचभअष्बतष्यल भई रहने वस्तुहरुको आयातलाई समेत निरुत्साहित गर्दा अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने तर्फ पनि गंभीरतापूर्वक ध्यान जानु आवश्यक छ । साथै परिवत्र्य विदेशी मुद्रा आर्जनको स्रोत वृद्धि नगरे सम्म आयात कटौतीले मात्रै विदेशी मुद्राको संचिति बढ्न सक्तैन ।
११) मुलुकको वाह्य व्यापारमा निर्यातको आकार साँघुरो हुँदै गएको छ । परंपरागत वस्तुहरु हराउँदै गएका छन् । नयाँ वस्तुहरु देखा पर्न सकेका छैनन् । उत्पादन र उत्पादकत्व घट्दै गएको छ । लागत बढ्दै गएको छ । कृषिजन्य एवं वनजन्य वस्तुहरुको समेत ठूलो परिमाणमा आयात हुन थालेको छ । आयातमूखी एवं उपभोगमूखी प्रवृत्ति बढेकोले वाह्य व्यापारमा असन्तुलन वढ्नुका साथै अर्थतन्त्र कमजोर बन्दै गएको छ । त्यसैले स्वदेशी उत्पादनको खपतलाई प्रोत्साहन गरी हरेक क्षेत्रमा आयात प्रतिस्थापनको लक्ष किटान गर्ने र निर्यात प्रवद्र्धनका संपूर्ण उपायहरु अवलम्बन गर्नु जरुरी छ ।
१२) वाह्य व्यापारमा मुलुकले वर्षेनी ठूलो घाटाको सामना गरिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा कूल बस्तु निर्यात रु. १ खर्व ४७ अर्व ७४ करोड र आयात १३ खर्व ८ अर्व ७३ करोड रहेको छ । समीक्षा अवधिमा कूल बस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई रु.११ खर्व ६० अर्व ९८ करोड पुगेको छ । उक्त विवरण अनुसार कुल वस्तु व्यापार रु.१४ खर्व ५६ अर्व ६४ करोड छ । यसमा आयातको हिस्सा ९० र निर्यात १० प्रतिशत मात्रै देखिन्छ । परंपरागत बस्तुको निर्यातले मात्रै यति ठूलो घाटाको सामना गर्न संभव छैन । उच्च मूल्यका नयाँ–नयाँ वस्तुहरुको निर्यात गर्ने, वस्तुगत तथा बजारगत विविधिकरणको नयाँ रणनीतिका साथ अन्तर्राष्ट्रिय बजारमा नेपालको पहूँच बढाउनु अति जरुरी छ । वर्तमान अवस्थामा नेपालको वाह्य व्यापारको ८५ प्रतिशत हिस्सा भारत र संयुक्त राज्य अमेरिकाको रहने गरेको छ । त्यसैले देशगत विविधिकरणमा थप जोड दिनु जरुरी देखिएको छ ।
१३) विश्व व्यापार संगठन एवं विभिन्न संझौताहरुमा मुलुकले जनाएको प्रतिवद्धता अनुसार भंसारका दरवन्दीहरु समायोजना गरिनु जरुरी छ । एलसी मार्फत हुने आयातमा शत प्रतिशत सम्मको मार्जिन राख्नुपर्ने प्रावधानले व्यवसायका लागत बढ्न गएको छ । मूल्य अभिवृद्धि करमा समदर लागू हुनाले :ष्कmबतअज को समस्या देखिएको छ । तसर्थ यस्ता विसंगतिहरुको समय सापेक्ष अन्त्य गरिनुपर्दछ ।
१४) एलसी एवं भन्सारमा कारोवारमूल्यलाई मान्यता दिइनुपर्दछ । आयकरको अधिकतम सीमा व्यक्तिगततर्फ ६ लाख रुपैयाँ र दम्पतीतर्फ ८ लाख पुर्याईनुपर्छ । कारोबारको आधारमा आयकर निर्धारण गर्ने र मूल्य अभिवृद्धि करको खाता राख्ने थ्रेस होल्ड ५० लाखबाट बढाई रु. १ करोड गरि करको दर ०.५ प्रतिशत गरिनुपर्दछ । यसले साना व्यवसायीलाई राहत पुग्ने र राजश्व पनि वृद्धि हुनेछ ।
१५) सन २०२६ देखि नेपाल अतिकम विकसितबाट विकासोन्मुख मुलुकको श्रेणीमा ग्उनचबमभ हुँदैछ । त्यस पछि अतिकम विकसित राष्ट्रले उपभोग गर्दै आएको सहुलियत छोड्नु पर्ने हुन्छ । यसबाट विशेषत : अमेरिका र युरोपेली मुलुकमा हुने निर्यात व्यापारमा थप जटिलता आउने देखिन्छ । तसर्थ नकारात्मक असर कमगर्न अहिले देखि नै गृहकार्य हुनुपर्दछ । यसभित्र भुपरिवेष्टित मुलुकले पाउने सुविधा लिने प्रयास गरिनुपर्दछ ।
१६) तुलनात्मक लाभ लिन सकिने कृषि, पर्यटन, जलस्रोत, खानी तथा न्झक क्तयलभक , आदि क्षेत्रको प्रवद्र्धनका लागि राज्य र निजी क्षेत्र बीच थप सहकार्य हुनु आवश्यक छ । जडिवुटी, न्झक क्तयलभक एवं अन्य कच्चा पदार्थको निर्यात भन्दा स्वदेशमै प्रशोधन गरि निर्यात गर्ने व्यवस्था गरिनुपर्दछ ।
युवाहरुले विदेशमा रहेर आर्जन गरेको पूँजी र शीपलाई एकिकृत परिचालन गरी आफ्नै देशमा लगानी गर्ने र रोजगारीका थप अवसरहरु सिर्जना गर्न अविलम्ब विशेष कार्यक्रमको घोषणा हुनुपर्दछ । कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र बैज्ञानिकीकरण तर्फ लैजान आवश्यक छ र कृषि कर्जामा ३ प्रतिशतको व्याज कायम गरेर कृषकलाई सहुलियत दिईनु पर्दछ । साथै कृषि कर्जा खेत किनलाई नदिई खेती गर्ने किसानलाई दिईनुपर्दछ । यसका साथै बाँझो जमिन तथा सरकारी जमिन ीभबकभ मा दिई उत्पादन वृद्धि गरिनुपर्दछ । कृतिम मूल्य बृद्धि नियन्त्रण र आपूर्तिलाई सहज राख्न सार्वजनिक संस्थानहरुले कृषि उत्पादनमा २ वर्षको द्यगााभच क्तयअप राख्ने व्यवस्था हुनुपर्दछ । कोभिड १९ ले थलिएको पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न आकर्षक एबअपबनभक ल्याईनुपर्दछ ।
१७) समग्रमा, मुलुकको सर्वाङ्गीण आर्थिक सम्बृद्धि एवं उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धन र सहजीकरणका लागि गनुपर्ने थुपै कार्यहरु छन् । साथै आर्थिक क्षेत्रमा केही विसंगतिहरु छन् । ती सबैलाई यहाँ उल्लेख गर्ने समय हामीसंग छैन । त्यसैले मुख्य मुख्य विषयहरुलाई मात्र मैले यस विशिष्ट समारोहमा संक्षेपमा निवेदन गरेकोहु । साथै आर्थिक क्षेत्रमा गरिनुपर्ने सुधार र चालिनु पर्ने कदमका विषयमा चेम्बरको यस ७१ औं वार्षिक साधारण सभाले थप विचार विमर्श गरी निर्णय गर्नेछ । उक्त निर्णय नेपाल सरकार एव्ं संपूर्ण सम्बन्धित निकायहरुमा प्रस्तुत गरिनेछ र त्यसको कार्यान्वयनमा सहयोग गर्न सबैमा विनम्र अनुरोध पनि गर्दछु ।
१८) अन्त्यमा, यस ७१ औं वार्षिक साधारण सभाको सुअवसरमा नेपाल चेम्बर अफ कमर्सका सम्पूर्ण शुभेच्छुक एवं सह–यात्रीहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै यस विशिष्ट समारोहका प्रमुख अतिथि सम्माननीय सभामुख अग्नि सापकोटा ज्यू, नेपाल सरकारका विशिष्ट पदाधिकारीज्यूहरु, महामहिम ज्यूहरुका साथै सम्पूर्ण अतिथि महानुभावहरुमा पुन: हार्दिक स्वागत अभिवादन गर्दछु ।
धन्यवाद
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np