पिता स्व. शिवनारायण जोशी र माता खगेन्द्र कुमारीको कोखबाट नेपालगंजमा वि.सं. १९५४ मा जन्मनु भएका स्व. लोकनाथ जोशी आफ्नो जीवनदेखि नै ब्यापारमा अभिरुची राख्नुहुन्थ्यो । कलकत्तामा उहाँको कलिलै उमेरमा “नेपाल आयल सिड” नामको फर्म खोली पहिलो पटक ब्यापारी क्षेत्रमा उत्रनु भएको थियो । नेपालको आर्थिक, औद्योगिक एवम व्यापार विकाशको विषयमा उहाँ निकै चाख राख्नु हुन्थ्यो । ब्यापारीक र औद्योगिक समुदायलाई टसंस्थागत रुपमा अगाडी बढाउने आवश्यकता महशुस गर्नु भई २००७ सालमा नेपाल चेम्बर अफ कमर्स र २०२२ सालमा नेपाल उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष भई उहाँले अग्रणीको भुमिका खेल्नु भयो ।
स्व. लोकनाथ जोशी पहिलो पटक २००९ देखि २०१४÷०१५ सम्म र दोस्रो पटक २०२० देखि २०२२ सम्म चेम्बरमा अध्यक्ष रहनु भयो । नेपाल उद्योग वाणिज्य संघमा २०२२ देखि २०२४ सम्म अध्यक्ष रहनु भयो । नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत विषयमा विशेष अध्ययन गर्नु भएका स्व. जोशी बौद्धिक जगतमा चर्चित हुनुहुन्थ्यो । सन् १९२८ देखि नेपाल आयल स्टोर संचालनबाट ब्यापारीक क्षेत्रमा पेट्रोलियम पदार्थ, चुरोट, ब्याट्री, टायर, विस्कुट, साबुन आदिको कारोबारमा ख्याती प्राप्त गर्नु भयो । राणाकालमा गठित भारदारी सभा र नगरपालिकाको उहाँ सदस्य हुनुहुन्थ्यो । उहाँ ट्यारिफ बोर्ड, मुल्य निर्धारण समिति, घरेलु तालिम केन्द्र समिति र योजना तर्जुमा कार्यमा संलग्न हुनुहुन्थ्यो ।
वि.सं १९७४ माघमा सुब्बा लाल बहादुर श्रेष्ठ र लक्ष्मी देवीको कोखबाट हनुमान नगर सप्तरीमा जन्मनु भएका श्री जुद्ध बहादुर श्रेष्ठले ईन्टर मेडियट ईन साईन्स अध्ययन पछि व्यवसायमा लाग्दै अध्ययन जारी राख्नु भयो । १९९६ मा विराटनगर गोश्वारामा ट्रान्सलेटर, १९१८–२०११मा मोरङ कटन मिलमा रिप्रिजेन्टेटिभ, २००८ मा टयारिक बोर्ड सदस्य, २०११–२०१९मा नेपाल बैँकको संचालक, २०१३–१४मा योजना मण्डलको सदस्य २०१३ र २०२१ मा विराटनगर जुट मिलमा वर्किङ डाईरेक्टर हुनुहुन्थ्यो । उहाँ नेपाल चेम्बर अफ कमर्सको २०१५–०१६मा अध्यक्ष हुनुभयो । २०२२ मा उद्योग वाणिज्य सल्लाहकार समितिको सदस्य हुनुभयो ।
२०२४ देखि २०२७ सम्म नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष रहनु भयो । उहाँले स्विडेन र स्क्यान्डी नेभियन मुलुकहरुको नेपालका लागी अनरेरी कन्सुलर जनरल भएर पनि कार्य गर्नु भयो । २००३ सालदेखि अनेकौँ पटक अनेकौँ मुलुकहरु भ्रमण गरिसक्नु भएका श्री श्रेष्ठले “वितेका चार वर्षतिर फर्केर हेर्दा” संग्रह लगायत अरु रचनाहरु पनि लेख्नु भएको छ ।
चेम्बरमा संलग्नता
अध्यक्ष : २०१६–२०१७
उपाध्यक्ष : २००९–२०१०, २०१५–२०१६
का.स.स. २०१०–२०१५, २०१७–२०२३
व्यवसायीक संलग्नता
नेशनल ट्रेडिङ लिमिटेडको डिलरबाट ब्यापार प्रारम्भ, पेट्रोलियम, उपभोग्य वस्तुहरु र खाद्यान्नको व्यापार एवम कृषि सामाग्रीको ढुवानी, नेपाल आयल निगम स्थापना हुनु पुर्व इन्डीयन आयलको डिलर, सुपथ मुल्य कृषि बजार, अवधारणालाई कार्यरुप दिने क्रममा २०२४ सालमा टुडिखेलमा सस्तो बजारको संगठन ।
सम्मान पदक
श्री ५ महेन्द्र शुभ राज्यभिषेक पदक २०१३, विशेष पुरस्कार बक्स २०२०, गोरखा दक्षिण बाहु २०२०, श्री ५ विरेन्द्र राज्यभिषेक पदक २०३१, महेन्द्र भुषण २०४२
संस्थापक एवम भुपु अध्यक्ष मारवाडी सेवा समिति
संरक्षक एवम दाता
त्रिभुवन विश्व विद्यालय अक्षय कोष, हरि खेतान क्याम्पस, बीरगंज, नारायणी उप क्षेत्रीय अस्पताल, विहारीलाल खेतान ओ.पि.डि र आँखा विभाग सानेपा स्वास्थ्य चौकी,
सिनेट सदस्य : त्रिभुवन विश्व विद्यालय सभा २०४१
मास्टर चण्डिलाल मास्केका सुपुत्र १९७१ साल फागुनमा महाबौद्ध काठमाण्डौँमा जन्मनुभएका श्री गोवद्र्धन लाल मास्केले दरबार स्कुल त्रिचन्द कलेजमा शिक्षा हासिल गर्नुभयो । २००४ सालमा श्री ३ पद्म शमशेर संग नेपाल छाडेर भारत जानुभई २००७ सालको क्रान्तीमा सक्रिय सहभागी हुनु भएको र फागुन ४ गते स्व राष्ट्रपिता श्री ५ त्रिभुवनको सवारीको साथ स्वदेश फर्कनु भएको थियो ।
श्री मास्के २००७ सालपछि ब्यापारमा लाग्नु भयो । २००९ मा नेपाल चेम्बर अफ कमर्सको अवैतनिक सचिव २०१७÷०१८ मा यसको अध्यक्ष रहनु भयो । २०१३ सालमा श्री ५ महेन्द्रको शुभ राज्याभिषेकको महान अवसरमा उहाँको कोरोनेशन होटेल उद्घाटन भएको थियो ।
२०१९ सालमा नेपाल ट्राभल एजेन्सी पनि खोल्नु भयो । यसरी पर्यटन र उद्योगमा उहाँले सक्रिय योगदान गर्नुभयो । वहाँ ब्यापारिक प्रमण्डलको सदस्य रही २०१५ सालमा संयुक्त अरव गणतन्त्र र युरोपको भ्रमण गर्नु भएको थियो । २०२० मा ए.पि.ओ.को सौजन्यमा जापान, अमेरीका र युरोपको भ्रमण गर्नुभएको थियो । लगातार ३ पटक सम्म नेपाल बैँकको संचालक समितिको डाईरेक्टर हुनुका साथै श्री मास्के नेपाल रेडक्रस संस्थाका आजीवन सदस्य, रोटरी क्लवको निवृत्त सदस्य तथा परोपकार संस्थाको सदस्य भै स्थापना कालमा निकै योगदान गर्नु भएको थियो । २०१८ मा शाही कर आयोगको सदस्य रहनुका साथै वहाँ गो.द.वा. चौँथो बाट विभूषित हुनु भएको थियो । पछिल्लो समय उहाँ अध्यात्मिक चिन्तनमा लाग्नु भएको थियो
संक्षिप्त परिचय
जन्मस्थान तत्कालीन मखनटोल, हाल ईन्द्रचोक काठमाण्डौँ ।
माता पिता : स्व श्री सरदार मल अग्रवाल, स्व. श्रीमति नारायणी अग्रवाल
शिक्षा : ब्यापार शास्त्रमा निजी अध्ययन, नेपाली, नेवारी तथा हिन्दी भाषामा विशेष दखल र अंग्रेजीमा सामान्य ज्ञान ।
भ्रमण : स्वदेशका जिल्ला तथा विदेशमा भारत, सोभियत रुस तथा बाटोमा पर्ने एसियाली मुलुकहरु ।
सेवा क्षेत्र अध्ययन : नेपाल चेम्बर अफ कमर्स, महालक्ष्मी राईस मिल्स प्रा.लि. लुम्बिनी सलाई उद्योग, श्री पशुपति गौशाला कार्य समिति, विश्व निकेतन माध्यामिक विद्यालय
कोषाध्यक्ष : श्री ५ महेन्द्र शुभ जन्मोत्सव तथा श्री ५ बीरेन्द्र शुभजन्मोत्सव समारोह समिति
निर्देशक : साल्ट ट्रेडिङ कर्पाेरेशन
पदक : गोरखा दक्षिण बाहु विभुषण २०१९, शुभराज्याभिषेक पदक २०१३, तथा २०३१, आदरपत्र २०२०
नेपाल युवक मा.वि., विश्व निकेतन आदि शिक्षण संस्थाहरु र गौशाला धर्मशाला आदि सेवा क्षेत्रमा भवन, कोठा आदि बनाउन सहयोग गरे गराएको ।
श्री लक्ष्मीदास श्रेष्ठ र श्रीमति जानकीदेवीको कोखबाट वि.सं. १९६४ सालमा झोछेँमा जन्मनु भएका श्री जनकदास श्रेष्ठ सुरु देखि नै देशको ब्यापार ब्यवसायमा संलग्न हुनुभयो । चेम्बरको स्थापना कालदेखिनै कार्य समितिमा चुनिनु भई २०१९/२० मा उहाँ यस संस्थाको अध्यक्ष भएर नेतृत्व प्रदान गर्नुभयो ।
नेपाल पाकिस्तान बीच हवाई सेवाको विस्तारको सुअवसरमा वहाँले पाकिस्तान चेम्बर अफ कमर्सको निमन्त्रणामा नेपाल चेम्बर अफ कमर्सको प्रमण्डलको नेतृत्व गर्नु भएको थियो । सोही समय देखिनै नेपाल पाकिस्तान बीच ब्यापारको सुरुवात भएको हो । श्री श्रेष्ठ गोरखा दक्षिण बाहु चौथो बाट विभूषित हुनुहुन्छ । २०२२ सालमा नेपाल चेम्बर अफ कमर्सको भारत भ्रमणमा पनि वहाँ सम्मिलत हुनु भएको थियो ।
वहाँले शुरुमा जवाहरातको ब्यापार र पछि पारस होटेल संचालन गरी पर्यटन उद्योगमा योगदान गर्नुभयो । आयात निर्यात साथै चेम्बरका तर्फबाट खाद्य संस्थानमा बस्नु भई अनाज सस्तो सुलभ विक्रि वितरण गर्न गहकिलो भुमिका खेल्नु भएको हो ।
अन्त्यमा आफैले “जनक दातव्य चिकित्सालय” स्थापना गरेर रोगीहरुको उपचार गराउँदै, सन्यास आश्रम र अन्य धार्मिक एवम सामाजिक संस्थाहरुमा योगदान पु¥याउनु भयो ।
पिता नन्द कृष्ण श्रेष्ठ र माता तुल्सिकुमारीका सुपुत्र बालकृष्ण श्रेष्ठको सन् १९१६ डिसेम्बरमा काठमाण्डौँको झोँछेमा जन्म भएको थियो । प्रतिष्ठित ब्यापारी परिवारका श्री श्रेष्ठले दरबार हाई स्कुलमा प्रारम्भिक शिक्षा प्राप्त गर्नुका साथै १९९० मा कलकत्ताको आदर्श विद्यालयबाट प्रवेशिका परिक्षा उतिर्ण गर्नुभएको थियो । त्रिचन्द्र कलेजमा ३ वर्ष अध्ययन पछि उहाँले पढाई छोडेर ब्यापार मा लाग्नु भयो । सुरुमा जवाहारात, औषधि वितरण हुदै सिनेमा हल संचालन गर्नु भएको थियो । उहाँ यस चेम्बरको अध्यक्ष पदमा २०२२÷२३ देखि २०२४÷२५ सम्म रहनु भयो । उहाँ पाकिस्तानको कराचीँमा अन्तर्राष्ट्रिय अफ्रो एशियाली सम्मेलनमा चेम्बरको तर्फबाट भाग लिनु भएको थियो ।
ब्यापार प्रतिनिधीमण्डलमा रहेर उहाँले मित्र राष्ट्र चिनको पनि भ्रमण गर्नु भएको छ । नेपाल बैँकमा संचालक समिति सदस्य, नेपालको परोपकार संस्था, मृत्यु संस्कार समिति, जुद्धोदय माबि र मन्दिरका संचालक सदस्य, आर्थिक सल्लाहकार परिषद र टोल रक्षा संघका सदस्य, नेपाल यातायात संस्थान, जुद्ध मैच फ्याक्ट्री नेपाल बिमा तथा तथा यातायात कम्पनी आदिमा हुनुहुन्थ्यो ।
यसरी उहाँले ब्यापारीक क्षेत्रका साथै समाजसेवामा पनि जीवन पर्यन्त लगाउनु भएको थियो ।
वि.सं. १९८२ असार २९ गतेका दिन काठमाण्डौँको इन्द्रचोकमा जन्मनुभएका श्री इन्द्र भक्त श्रेष्ठ नेपाली उद्योग वाणिज्य क्षेत्रमा रहि चेम्बर अभियानमा २००७ साल देखिनै सक्रिय रही आउनु भएको थियो । चेम्बरको स्थापनार्थ श्री ५ त्रिभुवन सरकार समक्ष विन्ति जाहेर गर्ने प्रतिनिधी मण्डलमा उहाँ पनि सक्रिय हुनुहुन्थ्यो । चेम्बरको कार्यसमितिमा सदस्यको हैसियतमा २०१४ मा प्रवेश गरी अवैतनिक सचिव, उपाध्यक्ष र अध्यक्ष समेतको कार्यभार सम्हाल्नु भई कुशल नेतृत्व समेत गर्नुभएको थियो । २०१६ सालमा श्री ५ को सरकारद्धारा गठित आयात निर्यात सल्लाहकार समिति, खाद्य सल्लाहकार समितिमा रहनु भएको थियो । २०२० देखि २०२८ सम्म नेपाल औद्योगिक विकास निगम, २०२८ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य, २०३२ मा काठमाण्डौँ नगर
पञ्चायत सदस्य, २०३४देखि २०३७ सम्म नेपाल राष्ट्र बैँक र शाही नेपाल वायु सेवा निगमको संचालक रही उद्योगी व्यापारीको नेतृत्व प्रदान गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको स्थापना, भारतमा रही उद्योग व्यापारमा संलग्न, एन.ई ग्रुप तथा अन्य ब्यापार विकास कम्पनीहरुको नेतृत्व गर्नु भएको थियो ।
१९५८ सालमा भारत सरकारको निमन्त्रणामा भारत भ्रमण, १९६० सालमा गणतन्त्र चीन तथा बर्माको भ्रमण गर्नुभएको थियो । नेपालको उद्योग र वाणिज्य क्षेत्रको विकास तथा विस्तारको लागि यूरोप, अमेरीका, क्यानडा, बेलायत, फिलिपिन्स, जापान, दक्षिण कोरीया, हङ्कङ, आसियान देशहरु, दक्षिण एशियाली मुलुकहरुको भ्रमण गर्नुभएको थियो । उहाँ गोरखा दक्षिण बाहु चौथोको साथै विभिन्न सम्मान पत्रहरुबाट विभूषित हुनुहुन्छ ।
वि.सं १९८२ असाढ २९ गतेका दिन काठमाण्डौँको ईन्द्रचोकमा जन्मनु भएका राज बहादुर चिपालु नेपाली उद्योग वाणिज्य क्षेत्रमा रही चेम्बरको अभियानमा २००७ देखि नै सक्रिय रहि आउनु भएको थियो । चेम्बरको स्थापनार्थ श्री ५ त्रिभुवन सरकार समक्ष विन्ति जाहेर गर्ने प्रतिनिधी मण्डलमा उहाँ पनि सक्रिय हुनुहुन्थ्यो ।
उहाँ आयात निर्यात समिति, खाद्य समिति यसैगरी औद्योगीक विकाश निगम, त्रिभुवन विश्वविद्यालय, नगर पञ्चायत सा साथै नेपाल वायुसेवा निगम, नेपाल राष्ट्र बैँकमा पनि विभिन्न पदमा रही उद्योग तथा वाणिज्य क्षेत्रलाई माथी लैजान विशेष भुमिका खेल्नु भएको थियो ।
साहु हनुमान प्रशाद तथा मुनियादेवीका सुपुत्रका रुपमा वि.सं १९९२ सालमा श्री मित्तल काठमाण्डौँ स्थित बटु टोलमा जन्म भएको थियो । उहाँ सानैदेखि ब्यापारमा संलग्न हुनुहुन्थ्यो । पछि विभिन्न उद्योग तथा सामाजिक क्षेत्रमा पनि संलग्न हुनुहुन्थ्यो ।
उहाँ चेम्बरमा २०२९ सालमा प्रवेश गरी का.स. सदस्य, सचिव तथा अध्यक्ष समेत रही चेम्बरको विकाश एवम विस्तारमा सत्रिय योगदान गर्नु भएको छ ।
हेलिकप्टर सेवा, मित्तल कन्ट्रक्सन, मित्तल चिया उद्योग जस्ता विभिन्न क्षेत्रमा पनि आफ्नो सफल नेतृत्व प्रदान गर्नु भई देशको उद्योग र व्यापार क्षेत्रमा कार्यरत रहनु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, त्रि.वि.वि. सभासद नेपाल स्काउटको राष्ट्रिय परिषद सदस्य, आँखा अस्पताल पशुपति विकाश कोषको
संचालक सदस्य साथै विद्यार्थी कालदेखि नै उहाँ नेपाल तथा भारतका विभिन्न संगठनहरुमा संलग्न, महेन्द्र भवन विद्यालय तथा विभिन्न पुस्तकालयहरुको संचालक सदस्यहरुमा कार्यरत हुनुहुन्थ्यो ।
वि.सं. १९८८ सालमा ठहिटी, काठमाण्डाँैमा जन्मनुभएका श्री ईश्वरलाल श्रेष्ठ उद्योग तथा ब्यापार क्षेत्रमा लामो समय देखि सक्रिय भई आउनु भएको छ ।
वि.सं २०१९ देखि चेम्बरमा का.स. सदस्यबाट प्रवेश गर्नुभएका श्रेष्ठले सचिव, कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष तथा अध्यक्ष पदमा रही कार्य गर्नुभएको थियो ।
श्री ५ को सरकार घरेलु तथा साना उद्योग विकास समितिको संचालक पद, खाद्य उद्योग लि., घरेलु हस्तकला उद्योग प्रा.लि. साथै नेपाल बनस्पति घिउ, नेपाल समुन्द्रपार निकास पैठारी संघ, नेपाल निटिङ्ग ईन्डष्ट्रिज, सिद्धार्थ खाद्य उद्योग, काठमाण्डौँ प्लास्टिक उद्योग, ब्यापार कर्पोरेशन, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल पारवाहन तथा गोदाम ब्यवस्था कम्पनी तथा नेपाल उद्योग
वाणिज्य महासंघ संचालक एवम सदस्य रही आफ्नो अमुल्य सहयोग तथा सुझाव प्रदान गर्नुभएको थियो ।
उहाँ उद्योगी ब्यापारीको साथै सफल सामाजिक कार्यकर्ताको रुपमा समेत आफ्नो अमुल्य योगदान गर्दै आउनु भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रको प्रवद्र्धनको सिलसिलामा अमेरिका, पूर्वी यूरोप, दक्षिण पूर्व एशिया, आशयान तथा दक्षिण एशियाको भ्रमण गर्नुभएको छ ।
उहाँ सानै देखि पैतृक व्यवसायको रुपमा उद्योग तथा ब्यापार ब्यवसायमा सक्रिय हुनु भयो ।
मुख्य ब्यवसाय : कस्मेटीक, खाद्यान्न, फुटवेयर, विद्युतिय उपकरण, तयारी पोशाक आयात निर्यात
व्यवसायिक संलग्नता : रिल्याक्सो फुटवेयर प्रा.लि., रियालन्स छाता उद्योग, महालक्ष्मी मैदा मिल प्रा.लि. राइजिङ पोलिमर ईन्डष्ट्रिज प्रा.लि., हेमन्त ट्रेड सेन्टर प्रा.लि., महेश ओभरसिज ईन्टरप्राईजेज आदि
चेम्बरमा संलग्नता : का.स. सदस्य, सचिव र २०५२ देखि २०५६ सम्म अध्यक्ष पदमा रहनुभएको ।
भ्रमण : अमेरिका, दक्षिण अमेरिका, यूरोप, दक्षिण पूर्वी एशिया, आसियान र दक्षिण एशियाली मुलुकहरु ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको जन्म २०१८ साल साउन १७ गते काठमाडौंमा भएको हो । २०४६ सालमा कार्यसमिति सदस्य निर्वाचित भई चेम्बरमा प्रवेश गर्नु भएका श्री श्रेष्ठ विभिन्न समितिका सभापति, महासचिव, उपाध्यक्ष हुँदै २०५६ मा अध्यक्ष निर्वाचित हुनुभयो । अध्यक्षमा वहाल रहेकै समयमा उहाँ २०६२ सालमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति सहायक मन्त्री बन्नु भयो । २०६४ सालमा इन्टरनेश्नल चेम्बर अफ कमर्स (आईसीसी) नेपाल, र नेपाल–चीन / भियतनाम / रसिया द्धिराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष बन्नु भएका श्री श्रेष्ठ वि.सं. २०७१ मा उहाँ पुन चेम्बरको अध्यक्ष निर्वाचित हुनुभयो ।
मुलुकमा चेम्बर अभियानको वीजारोपण गरी विगत सात दशक देखि ऐतिहासिक नेतृत्व प्रदान गर्दै आएको नेपाल चेम्बर अफ कमर्सको साँगठिक संरचना २०७४ साल देखि श्री श्रेष्ठकै कुशल नेतृत्वमा महासंघीय स्वरुपमा रुपान्तरण भई मुलुकभर विस्तार भएको छ ।
श्री श्रेष्ठ सिल्क रोड ईन्टरनेशनल चेम्बर अफ कमर्स र वल्र्ड एशोसियसन अफ मिडियम इन्टरप्राईजेज (वाज्मे) को उपाध्यक्ष, नेपाल लगानी वोर्ड, वोर्ड अफ ट्रेड , निजी क्षेत्र विकास समिति र नेपाल इन्टरमोडल ट्रान्स्पोर्ट डेभलप्मेन्ट बोर्डमा सदस्य, पूर्वाञ्चल विश्वविद्यालयमा सिनेटर र नेपाल विजनेश फोरममा सह–अध्यक्ष हुनुहुन्छ ।
मुख्य ब्यवसाय : आयात अटोमोबाईल्स ब्यापार, निर्यात उनी तथा तयारी पोशाक
व्यवसायिक संलग्नता : अल्फा अटो पाट्र्स ट्रेडर्स, एलायन्स ईन्स्योरेन्स कम्पनी, सांग्रिला क्राफ्ट, अथेन्टिक मिडिया नेटवर्क आदि ।
चेम्बरमा संलग्नता : कार्यसमितिमा प्रवेश २०४०, का.स.सदस्य, महासचिव हुंदै २०६२ देखि २०६७ सम्म अध्यक्ष पदमा रहनुभएको ।
अन्य संघ संस्थामा प्रतिनिधित्व : अन्तराष्ट्रिय चेम्बर अफ कमर्स नेपाल, नेपाल प्रेस काउन्सील, सुपरिवेक्षण अनुगमन समिति,
नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद ने.उ.बा. महासंघ, नेपाल चीन उद्योग वाणिज्य संघ, नेपाल रसिया उद्योग वाणिज्य संघ आदि ।
विभूषण सम्मान पदक : श्री ५ वीरेन्द्र शुभ राज्यभिषेक पदक, प्रबल गोरखा दक्षिण बाहु, विशिष्ट सेवा पदक, श्री ५ विरेन्द्र ऐश्वर्य पदक ।
भ्रमण : यूरोप, दक्षिण एशिया, आसियान राष्ट्रहरु ।
मुख्य ब्यवसाय : उद्योग, आयात निर्यात, ब्यापार ।
ब्यवसायीक संलग्नता : बस्न्यात कम्पनी लि, ओमशान्ति पश्मिना उद्योग, काठमाण्डौँ कम्पनी लि, सुजित कन्सर्न एण्ड ब्रदर्श आदि । चेम्बरमा संलग्नता : हाल निवर्तमान अध्यक्ष
कार्यसमितिमा २०५० सालमा प्रवेश गरी का.स.सदस्य, सचिव, महासचिव हुदै २०६७–२०७१ सम्म अध्यक्ष पदमा रहनु भएको थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको जन्म २०१८ साल साउन १७ गते काठमाडौंमा भएको हो । २०४६ सालमा कार्यसमिति सदस्य निर्वाचित भई चेम्बरमा प्रवेश गर्नु भएका श्री श्रेष्ठ विभिन्न समितिका सभापति, महासचिव, उपाध्यक्ष हुँदै २०५६ मा अध्यक्ष निर्वाचित हुनुभयो । अध्यक्षमा वहाल रहेकै समयमा उहाँ २०६२ सालमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति सहायक मन्त्री बन्नु भयो । २०६४ सालमा इन्टरनेश्नल चेम्बर अफ कमर्स (आईसीसी) नेपाल, र नेपाल–चीन / भियतनाम / रसिया द्धिराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष बन्नु भएका श्री श्रेष्ठ वि.सं. २०७१ मा उहाँ पुन चेम्बरको अध्यक्ष निर्वाचित हुनुभयो ।
मुलुकमा चेम्बर अभियानको वीजारोपण गरी विगत सात दशक देखि ऐतिहासिक नेतृत्व प्रदान गर्दै आएको नेपाल चेम्बर अफ कमर्सको साँगठिक संरचना २०७४ साल देखि श्री श्रेष्ठकै कुशल नेतृत्वमा महासंघीय स्वरुपमा रुपान्तरण भई मुलुकभर विस्तार भएको छ ।
श्री श्रेष्ठ सिल्क रोड ईन्टरनेशनल चेम्बर अफ कमर्स र वल्र्ड एशोसियसन अफ मिडियम इन्टरप्राईजेज (वाज्मे) को उपाध्यक्ष, नेपाल लगानी वोर्ड, वोर्ड अफ ट्रेड , निजी क्षेत्र विकास समिति र नेपाल इन्टरमोडल ट्रान्स्पोर्ट डेभलप्मेन्ट बोर्डमा सदस्य, पूर्वाञ्चल विश्वविद्यालयमा सिनेटर र नेपाल विजनेश फोरममा सह–अध्यक्ष हुनुहुन्छ ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np