२०७७ चैत २७
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित हुनुभएको छ । कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गर्नुभएको छ । कार्यसमितिका निर्वाचित ५५ सदस्यहरूको नाम यसैसाथ संलग्न छ ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np