मिति २०७८/११/०५
श्री सम्पादक तथा प्रकाशक ज्यू
यहाँको प्रतिष्ठित समाचार माध्यममा समाचार प्रकाशन प्रशारण गरिदिने बारे ।
भन्सार विन्दुमा कारोबार मुल्य कायम गर्न चेम्बरको सुझाव
फागुन ०५, काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले भन्सारमा कारोबार मुल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकास पौडेलसंग बिहिबार भएको भेटवार्ताका क्रममा चेम्वरले बस्तुहरुको आयत÷निर्यातमा भएको कारोबार मुल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको हो । भन्सारमा सन्र्दभ मुल्य कायम हुँदा मुल्य अभिवृद्धि कर भ्याटमा समस्या देखिएको भन्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सन्र्दभ मुल्यका कारण समग्र राजश्वमा नै असर गरेको तथा हुण्डी कारोबार मौलाएको बताउनुभयो । बिल, बिजक प्रक्रियामा पनि कठिन भएको अध्यक्ष मल्लको भनाई छ । उहाँले अनुगमन प्रणालीलाई एकद्धार व्यवस्थित एवं व्यवसाय मैत्री बनाउन महानिर्देशक पौडेल समक्ष आग्रह गर्नुभयो ।
भन्सार विन्दुहरुमा हुने अनियमित कारोबारलाई नियन्त्रण गर्न तथा सीमा व्यापारलाई प्रभावकारी बनाउन सुराकीलाई उचित पुरस्कार तथा गलत तथ्य दिनेलाई दण्डित हुने व्यवस्था गर्न पनि उहाँले आग्रह गर्नुभयो । राजश्व चुहावट सम्वन्धमा थुनछेक गर्ने प्रावधानलाई वित्तिय जरिवाना गर्ने व्यवस्था गर्न समेत चेम्बरले सुझाव दिएको छ ।
बैङिकङ प्रणालीमा ७ लाख भन्दा बढीको कारोबार गर्दा सवै बिबरण पेश गर्नुपर्ने राष्ट्रवैंकको पछिल्लो निर्देशन पनि अव्यवहारिक तथा झण्झटिलो भएको अध्यक्ष मल्लले बताउनुभयो ।
साना तथा खुद्रा व्यवसायीको सहजीकरणका लागि ५० लाख रुपैँया सम्मको सिलिङलाई वृद्धि गरि २ करोड पु¥याउन समेत अध्यक्ष मल्लले आग्रह गर्नुभयो । यो व्यवस्थाबाट थुप्रै साना व्यवसायीहरु करको दायरामा आउन प्रेरित हुने र अन्ततः यसले राजश्व वृद्धिमा नै सहयोग पु¥याउने अध्यक्ष मल्लको सुझाव छ ।
भेटवार्ताका क्रममा चेम्बर पदाधिकारीले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुनुपर्ने सुझाव दिएका थिए । सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेका भन्दै चेम्बरले भन्सार प्रशासनमा डिजीटल प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।
जवाफमा महानिर्देशक पौडेलले व्यापार सहजिकरणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । चेम्बरको सुझावप्रति सरकारात्मक रहेको भन्दै उहाँले भन्सारमा कारोबार मुल्यलाई मान्यता दिने सन्र्दभमा सरकार सकारात्मक रहेको बताउनुभयो । व्यवसायिक सहजिकरणका लागि सरकारले निजी क्षेत्रसंग हातेमालो गर्ने उहाँको भनाई छ । चेम्बरका तर्फबाट अध्यक्ष मल्ल सहित वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मलहोत्रा, अर्का उपाध्यक्ष दीपक श्रेष्ठ तथा कार्यसमिति सदस्यहरु पर्शुराम दाहाल र निरज राई सहभागी हुनुहुन्थ्यो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np