२०७८ असोज ४
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले कार्य समिती सदस्य श्री सन्ंतोष कुमार पाण्डेको सभापतित्वमा चेम्बर अन्तर्गत गठित प्रचार प्रसार तथा अतिथि सत्कार समितिका पदाधिकारी तथा सदस्यहरुलाइ मनोनयन पत्र प्रदान गर्नु भएको छ । नव गठित समितिकोे सह सभापतिमा योगेस क्षेत्री तथा सदस्यहरुमा क्रमश श्री पकंज जलान, श्री विपेन्द्र कार्की, श्री राजेन्द्र थापा, श्री राम राजा श्रेष्ठ, श्री विज्ञान श्रेष्ठ, श्री पशुपति देव पाण्डे,श्री अनिल परियार श्री नवराज चालिसे, श्री मोहन ओझा, श्री सोना अमात्य, श्री सुनिता वतासु, श्री रमिता राजभण्डारी, श्री रमेश ढकाल मनोनित हुनु भएको छ । उक्त अवसरमा अध्यक्ष श्री मल्लले मुलुकको आर्थिक समृद्धि हाम्रो साझा लक्ष्य भएकोले चेम्वरको छाता मुनी वसी अर्थतन्त्रको बिकासको लागि योगदान दिनु हुने बताउनु हुंदै व्यवसायीहरुको वास्तबिक मर्कालाइ सम्प्रेषण गर्न पनि आग्रह गर्नु भएको छ । अध्यक्ष मल्लले मिडिया क्षेत्रमा लामो अनुभव हाशिल गर्नु भएका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले नव मनोनित टीमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नु भयो । समितिका सभापति श्री सन्तोष कुमार पाण्डेले वर्तमान टीम नयाँ सोच लिएर गठन भएको छ । नव गठित समितिले आगामी दिनहरुमा नयाँ कार्यक्रमहरु ल्याइने बताउनु भयो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक श्रेष्ठको पनि उपस्थिति थियो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np