चैत २२, काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसंग भेटवार्ता गरेको छ । मन्त्री रिजाललाई वधाई एवं शुभकामना दिने क्रममा चेम्बरले निर्यात प्रर्वद्धन सम्वन्धी ठोस नीति एवं योजना ल्याउन समेत आग्रह गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘निर्यात प्रर्वद्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा ७ वटै प्रदेशमा अबिलम्व लागु गरी निर्यात उद्योगहरुलाई प्रोत्साहन गरिनुपर्दछ,।’
मन्त्री रिजालसंगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात ब्यापारलाई मुल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाउन समेत आग्रह गर्नुभयो । यस्तै निर्यात अनुदानलाई एकद्धार प्रणाली अन्र्तगत निकासीकर्तालाई सरल र सहज ढंगले प्रदान गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।
यस्तै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सको पैसालाई उत्पादन मुलुक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन मन्त्री रिजाल समक्ष आग्रह गर्नुभयो । रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादन मुलक क्ष्ँेत्रमा प्रभावकारी नीति सहित युवाहरुको लगानीलाई प्रोत्साहन गर्नुपर्ने उहा“को भनाई छ । सिंहदरवारमा आज भएको भेटवार्तामा चेम्बरले औद्योगिक उत्पादन वृद्धि गरी निर्यात प्रर्वद्धन गर्न एवं विभिन्न आर्थिक विधेयकलाई अगाडी बढाउन आग्रह गर्दै १७ बु“दे सुझाव समेत पेश गरेको छ ।
मन्त्री रिजाल समक्ष अध्यक्ष मल्लले भन्नुभयो, ‘मुलुक रेमिट्यान्सका भरमा चलेको छ । युवाहरुले पठाएको पैसाको ठूलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानून बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रर्वद्धन गर्न सकिन्छ, ।’ वार्षिक १० खर्व भन्दा बढी रेमिट्यान्स मुलुक भित्रि“दा समेत औद्योगिक उत्पादनमा सदुपयोग गर्न नसकिएको अध्यक्ष मल्लले बताउनुभयो ।
यस्तै कालोबजारी ऐन २०३२ का कतिपय प्रावधान पनि हालको अवस्थामा असान्दर्भिक भएकाले समय सापेक्ष सुधार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।
संसदमा विचाराधीन निजी क्षेत्रसंग सम्वन्धित आर्थिक एवं अन्य विधेयकहरुलाई समयमै पारित हुने वातावरण बनाउन समेत मन्त्री रिजाललाई आग्रह गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।
चेम्बर टोलीसंगको भेटपछि मन्त्री रिजालले औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । उहा“ले निजी क्षेत्रसंग मिलेर काम गर्न तयार रहेको भन्दै आफु खुला बजार अर्थनीतिको पक्षमा रहेको बताउनुभयो । मन्त्री रिजालले भन्नुभयो, ‘म बजारमा आधारित अर्थतन्त्रमा विश्वास गर्ने व्यक्ती हु“ । उद्योग खोल्ने काम, ब्यापार गर्ने काम सरकारले गर्ने होईन । निजी क्ष्ँेत्रका लागि उपयुक्त वातावरण बनाईदिने हो, । ’
औद्योगिक क्षमता विस्तार गरेर निर्यात प्रर्वद्धन गर्ने नीति सरकारको साझा न्यूनतम कार्यक्रममा समेत उल्लेख भएकाले सरकार अव रणनीतिका साथ अघि बढ्ने मन्त्री रिजालको भनाई छ ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np