गोदावरी चेम्बर अफ कमर्स
२८ असार २०७८
अत्तरिया – कैलालीको अत्तरियामा रहेको गोदावरी चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभा वाट सर्वसम्मत अध्यक्षमा श्री तिर्थराज ओझा चयन हुनु भएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा श्री तारादत्त जोशी, उपाध्यक्ष उद्योग तर्फ श्री राजु भट्टराई र उपाध्यक्ष बस्तुगत श्री मोहमद नईमुदिन भाट, महासचिबमा श्री चन्द्र बिष्ट, सचिब श्री रमेश बि.क, कोषाध्यक्षमा श्री शोभा रावल चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा श्री जयबहादुर खडका, श्री रबि भट्ट, श्री भिम दत्त पाण्डे, श्री दिपक पौडेल, श्री लिलाधर जोशी,श्री नवीन साउद, श्री जनक भटराई चयन हुनु भएको छ भने महिला चेम्बरको संयोजकमा श्री धर्मी खडका र गोदावरी बजार प्रबन्धनमा संयोजकमा श्री बाजि कामीलाई जिम्मेवारी दिइएको गोदावरी चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष बिनोद मल्लले जानकारी दिनु भएको छ ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np