loader image
Close
  • 01-5330947
  • [email protected]
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
News

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पदस्थापना कार्यक्रम सम्पन्न

By NCC 

२०७८ असोज २१,

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारणसभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका सभामुख श्री नेत्रनाथ अधिकारीको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लको बिशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सभामुख श्री नेत्रनाथ अधिकारीले पानसमा बत्ति प्रज्वलित गरी उद्घाटन गर्नु भयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले नेपालको पर्यटन हव रहेको गण्डकी प्रदेशका सबै जिल्लाहरुमा आकर्षक भौगोलिक वनावट रहेकाले गाउ गाउमा होमस्टेको उचित प्रवन्ध गरी पर्यटन ब्यावसायलाई सबल बनाउनु पर्ने आवश्यकता रहेको छ र यसलाई प्रवर्धन गर्न अन्तर्राष्ट्रिय विमानस्थल द्रुत गतिमा निर्माण सम्पन्न गर्नु पर्ने बताउनु भयो । पर्यटन प्रवर्धनमा हाम्रा विध्यमान परम्परा, संस्कृती र रीतिरिवाजमा पर्यटक रमाउने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको , पोखरामा यसको सुन्दरता कायम राख्न विद्युतिय सवारी साधनमा जोड दिई प्रदुषण कम गर्ने र एग्रो टुरिजम समेतलाई जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाले प्रदेश सरकारले मुस्ताङको कोरला नाकाको समुचित  उपयोग गरी मित्रराष्ट्र चिनसंग ब्यापार अभिवृद्धि गर्न जोड दिनु भयो । जलश्रोत भण्डार रहेको यस प्रदेशमा जलविद्युतमा बाह्य लगानी भित्र्याई विद्युत निर्यात गर्ने सरकारको योजनामा यस प्रदेशबाट थप टेवा मिल्ने बताउनु भयो । महिला उद्यमी लगायत समग्र कृषकबाट उत्पादित समानको उचित बजार ब्यवस्थापन हुन नसक्दा कृषि पेशा फस्टाउन नसकेको, उत्पादित बस्तुको ढुवानी लागत लाई कम गरी सुपथ मुल्यमा कृषि उत्पादन बजारमा लैजाने ब्यवस्थामा सरलिकरण गर्न कृषि एम्बुलेन्सको ब्यवस्था गरिनु पर्ने, विदेशमा सीप सिकेर फर्केकाहरुबाट ब्यावसायीक कृषि तथा औद्योगिक कार्यमा उपयोग गरिनु पर्ने, कृषिलाई निर्यातमुखि बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा प्रदेश उर्जा जलश्रोत खानेपानी मन्त्री श्री हरिशरण आचार्य, कानुन, संचार मन्त्री श्री विन्दु कुमार थापा, भुमि ब्यवस्था,कृषि,सहकारी मन्त्री श्री चन्द्र बहादुर बुढा, भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात ब्यवस्था मन्त्री श्री कुमार खड्का, वन वातावरण तथा भु संरक्षण मन्त्री श्री दीपक थापा, शिक्षा संस्कृती, विज्ञान प्रविधि मन्त्री श्री मेखलाल श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मधु अधिकारी गुरुङले विशेष अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । त्यसैगरी प्रदेश सरकारका सचिवहरु, स्थानीय सरकारका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु, स्थानिय संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समेतको उपस्थिती रहेको थियो ।

यहि आषाढ २६ गते सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट चयन कार्य समितिको सपथग्रहण पश्चात पदस्थापन भएको थियो । जसअनुसार गण्डकी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा श्री किसान सुनार, उपाध्यक्षमा श्री श्रीबहादुर गुरुङ, महासचिवमा अधिवक्ता श्री देवराज शर्मा, सचिवमा श्री विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा श्री तेजेन्द्र पौडेल तथा सदस्यहरुमा श्री विजय हिराचन, श्री भरत बहादुर रकाल ठकुरी, श्री महेन्द्र मोहन भट्टराई, श्री टिका गुरुङ, श्री गंगा प्रसाद श्रेष्ठ, श्री ज्ञानुमाया अधिकारी, श्री तारानाथ ढुंगाना, श्री प्रकाश न्यौपाने, श्री एकता गुरुङ, श्री युवराज खतिवडा, श्री अरुण गिरी, श्री गिता तिवारी रहनु भएको छ । त्यसै गरी कार्यसमितिले डा. टेक नारायण पौडेल तथा रवि बहादुर बि.के.लाई सदस्य पदमा मनोनित गरेको छ । त्यसैगरी अध्यक्ष मल्लबाट पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा भएको विजयादशमी, दीपावली, छठ तथा ईद लगायतका विशेष चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा समेत सहभागि हुनु भयो । पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष श्री यमनाथ पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मल्लले चेम्बर सबै ब्यावसायीको साझा संगठन बन्न सक्ने वातावरण बनाउनु पर्ने, आपसी भाईचारालाई सदैब अंगिकार गर्नु पर्ने भन्ने बताउनु भयो ।


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

एमसिसी कार्यान्वयन सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त विज्ञप्ति
Previous Article
नेपाल राष्ट्र बैंकको परिपत्र सम्बन्धमा
Next Article

Our goal of Making the trade sector competitive for economic development of Nepal has being going strong for 70 years.

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np

Locate Us

Facebook Twitter X-twitter Linkedin
Copyright © 2025 by Nepal Chamber of Commerce. All Right Reserved.
Design and developed by Portous Studio.