
पोखरा चेम्बर अफ कमर्स कास्कीका
१७ पौष २०७८
पोखरा चेम्बर अफ कमर्स कास्कीद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न गरियो । संस्थाको तेस्रो स्थापना दिवसको अवसरमा चिप्लेढुंगामा भएको कार्यक्रममा ५७ युनिट रगत संगलन भएको अध्यक्ष श्री यमनाथ पौडेलले जानकारी दिनुभयो । गण्डकी प्रदेश सभाका सदस्य श्री मनबहादुर गुरुङले कार्यक्रम उद्घाटन गर्नुभयो । उहाँले सबैभन्दा ठूलो काम मानवको जीवन जोगाउने भएको बताउनु हुदै सबै खालका दान तथा सामाजिक काम नेपालको संस्कार र संस्कृतिसंग जोडिएको विषय भएको उल्लेख गर्नुभयो । चेम्बरले उद्योगी व्यबसायीहरुको हक हितको अलवा संस्थागत सामाजिक उत्तरदायित्वको काम गरेको छ । साथै निजी क्षेत्रको लागी आवश्यक नीति नियम निर्माणको निम्ति सहजीकरण गरिएको छ । उहाँले भन्नुभयो । कोभिडले ब्यवसायका क्षेत्रमा प्रतिकुल प्रभाव पारेको उल्लेख गर्दै उहाँले राहत तथा सहुलियतको लागी प्रयास गर्ने बताउनु भयो ।
कार्यक्रममा वस्तुगत तर्फका उपाध्यक्ष श्रीउमराज वास्तोला, महासचिव श्री नवराज आचार्य, सचिवहरु श्री नविन बराल र श्री विष्णुप्रसाद वास्तोला, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक श्री सुरेश दाहाल, सल्लाहकार डा. नन्दु श्रेष्ठको उपस्थिती रहेको थियो ।
,
कार्यक्रममा कार्यसमिति सदस्य तथा पोखरा महानगरका अध्यक्ष श्री सविन जिसी, कार्य समितिका सदस्यहरु श्री विक्रम पन्त, श्री गोकर्ण अधिकारी, श्री पदमलाल श्रेष्ठ, श्री शम्भु अधिकारी, चेम्बर अफ कमर्स फेवा ईकाईका अध्यक्ष श्री कमल बहादुर भुजेल आकस्मिक रक्तदान युनिट कास्कीका अध्यक्ष श्री नेत्रप्रसाद ढकाल, रक्तसञ्चार केन्द्र पोखराका प्राविधिक श्री महेन्द्र के.सी. लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रम
२१ असोज २०७८
पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा भएको विजयादशमी, दीपावली, छठ तथा ईद लगायतका विशेष चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्ल सहभागि हुनु भयो । पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष श्री यमनाथ पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मल्लले चेम्बर सबै ब्यावसायीको साझा संगठन बन्न सक्ने वातावरण बनाउनु पर्ने, आपसी भाईचारालाई सदैब अंगिकार गर्नु पर्ने भन्ने बताउनु भयो ।
तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन
२ असोज २०७८
पोखरा चेम्बर अफ कमर्स कास्कीको सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको छ । तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको लागि बिहीबार भएको उम्मेद्वारी दर्तामा सबै पदाधिकारी तथा सदस्यमा सर्वसम्मत भएको हो ।
अधिवेशनबाट अध्यक्ष, पदाधिकारी सहित ३६ सदस्यीय कार्य समिति निर्वाचित हुनुभएको छ ।
अधिवेशनबाट अध्यक्षमा श्री यमनाथ पौडेल, निवर्तमान अध्यक्ष श्री किसान सुनार, वरिष्ठ उपाध्यक्ष श्री प्रेमबहादुर भुजेल, उद्योग,बस्तुगत, वाणिज्यतर्फका उपाध्यक्षहरुमा क्रमशः श्री ज्ञानबहादुर नेपाली, श्री उमराज बास्तोला र श्री प्रेमप्रसाद सुवेदी छन् । महासचिव श्री नवराज आचार्य, सचिवमा श्री नविन बराल र श्री विष्णुप्रसाद बास्तोला, कोषाध्यक्ष श्री सुरेश दाहाल, सहकोषाध्यक्ष श्री कल्पनादेवी तिमिल्सिना निर्विरोध भएका छन् ।
कार्य समितिको सदस्यमा पोखरा महानगरबाट श्री सविन जिसी, कर्पोरेटबाट श्री रुद्रप्रसाद अर्याल र श्री विनोद भुजेल, बस्तुगततर्फबाट श्री पवित्र बहादुर नेपाली, श्री विक्रम पन्त, श्री दिपक तिमिल्सिना र श्री इन्द्रप्रसाद भुवाई रहनु भएको छ । कार्य समितिमा औद्योगिक क्षेत्रबाट श्री पूर्णशोभा गुरुङ र श्री श्याम मल्ल,नगरतर्फबाट श्री पम्फा देवकोटा, अन्नपूर्ण गाउँपालिकाबाट श्री सुरेन्द्र गुरुङ, इकाईबाट श्री दुर्गादत्त पोखरेल र वडाबाट श्री जीवन ढुंगाना निर्वाचित भएका छन् । कार्य समिति सदस्यमा खुल्लातर्फबाट श्री बोधराज सुवेदी, श्री सुवास सुवेदी, श्री गोकर्ण अधिकारी, श्री पदमलाल श्रेष्ठ, श्री मनहरी दाहाल, श्री विशाल गुरुङ, श्री प्रकाशकुमार श्रेष्ठ, श्री योगकुमारी गौतम, श्री कृष्णराज पोखरेल, श्री कमलबहादुर भुजेल र श्री शम्भु अधिकारी निर्वाचित हुनु भएको थियो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np