घोराही चेम्बर अफ कमर्स
१२ बैशाख, २०७७
घोराही । घोराही चेम्बर अफ कमर्सको ब्यवस्थापन तथा घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोगमा महिला दिदिबहिनीहरुमा लागि स्वरोजगार बनाउने उद्धेश्यले सात दिने क्रिष्टल तथा मोतीका चुरा पोते बनाउने तालीम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष श्री तारा बहादुर डांगीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उहाले आर्थिक उन्नतीका लागि दिदिबहिनीहरु आफै अग्रसर हुन र सिकेको सिप ब्यवहारमा लागु गर्न अनुरोध गर्नु भयो । घोराही चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष श्री शरद खनालले बिगतमा पनि घोराही चेम्बर अफ कमर्सले सामाजिक उत्तरदायित्वको काम गरेको स्मरण गर्दै महिला दिदिबहिनीहरुलाई स्वरोजगार वनाउने उद्धेश्यले तालीमको आयोजना गरिएको बताउनु भयो । चेम्बरका सह कोषाध्यक्ष श्री लक्ष्मी गिरीले सिकेको सिप ब्यवहारमा लागु गरी ब्यावसायको रुप दिईने बताउनु भयो । मुख्य प्रशिक्षक श्री बिष्णु थापाले सिपले सफलता तर्फ लैजाने हुदा लगनशिलताका साथ लाग्न आग्रह गर्नु भयो । श्री दिपा डिसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पत्रकार श्री बसुन्धरा गौतम, सरीता सुवेदीले मन्तब्य दिनु भएको थियो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np