१८ पुस २०७८
गोरखा चेम्वर अफ कमर्सकोा आयोजनामा गरिएको कृषि तथा व्यापार प्रवद्र्धन मेला २०७८ को नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले समुद्घाटन गर्नु भयो । २०७८ पौष १८ देखि २७ गते सम्म संचालन हुने उक्त मेलाको समुद्घाटन कार्यक्रममा अध्यक्ष श्री मल्लले मुलुकको ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३० प्रतिशत भन्दा वढि योगदान हुनाले कृषि क्षेत्रलाइ पहिलो प्राथमिकता दिइनु पर्ने बताउनु भयो । कृषिमा परम्परागत पद्धतिले उत्पादकत्व नवढ्ने भएकाले व्यावसायीक कृषिको प्रवद्र्धन हुनु अति आवश्यक रहेको र यसलाइ निजी क्षेत्रले उद्योगको रुपमा अघि वढाउनु पर्ने वेला आइ सकेको बताउनु भयो । ूगोरखाू नामनै बिश्व प्रशिद्ध व्राण्ड भएकोले अर्गानिक वस्तुहरुको उत्पादनमा प्राथमिकता दिइ कृषि पर्यटनलाइ प्रवद्र्धन गर्न आग्रह गर्नु भयो । गोरखा जिल्ला प्राकृतिक बिबिधता युक्त जिल्ला भएकोले जडीबुटी खेतीको पनि प्रसस्त संभावना रहेको बताउनु भयो । कृषिलाई अभियानको रुपमा संचालन गर्न जिल्ला चेम्वरसंग नेपाल चेम्वर सहकार्य गर्न तयार रहेको बताउनु भयो । गोरखा चेम्वरले व्यावसायीक कृषिको प्रवद्र्धनको लागि आयोजना गरेको मेलाको सफलताको कामना गर्दै अन्य जिल्ला चेम्वरहरुले पनि गोरखा चेम्वरको प्रयाशलाइ अनुशरण गर्न आग्रह गर्नु भयो । साथसाथै अध्यक्ष श्री मल्लले अहिले बजारमा मौद्रिक तरलताको अभावले व्यावसायीहरुलाइ कठिनाइ भइ रहेको छ भने अर्को तर्फ तथा वैकले वेस रेटमा लिने सेवा शुल्कको दर पनि वृद्धि गरेकोले व्यवसायीहरुलाई झन मर्का पर्न गएकोले सरकारले यस तर्फ ठोस कदम चाल्न आग्रह गर्नु भयो । उक्त अवसरमा गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका सभापति श्री भाईचन्द्र श्रेष्ठले यस गोरखा जिल्ला प्राकृतिक बिबिधता भएको क्षेत्र भएकोले कृषि उत्पादनको लागि संभाव्य क्षेत्र भएको बताउनु हुंदै स्थानीय कृषि उत्पादनको बजारीकरण हुन सकेमा व्यावसायीक उत्पादनको लागि स्थानीय किसान आकृष्ट हुने भएकोले मेला आयोजना गरिएको बताउनु भयो । उक्त अवसरमा बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष श्री दीपक श्रेष्ठ, कार्य समिति सदस्य श्री राष्ट्रभूषण चाकुबजीको तथा श्री दीपककाजी तुलाधर समेत उपस्थिति रहेको थियो ।
गाउंपालिका चेम्बर अफ कमर्स गठन
२३ श्रावण २०७८
गोरखा चेम्बर अफ कमर्सले सिरानचोक गाउपालिका चेम्बर अफ कमर्स गठन गरेको छ । प्रथम साधारण सभाबाट अध्यक्षमा श्री अनिल कुमाल, उपाध्यक्षमा श्री शुसील अधिकारी, सचिवमा श्री प्रताप ढकाल, सहसचिवमा श्री ज्ञानेन्द्र सुवेदी, कोषाध्यक्षमा श्री कोमल कुमारी श्रेष्ठ, सदस्यहरुमा क्रमशः श्री दिपक श्रेष्ठ, श्री सुन्तली कुमाल, श्री रामचन्द्र कुमाल, श्री अञ्जु भट्ट, श्री दास बहादुर तामाङ र श्री शिब ढकाल चयन हुनु भएको छ । त्यसैगरी सल्लाहकारमा श्री ज्ञानराज गुरुङ, श्री पे्रम गुरुङ र श्री दिपक बावु भट्ट रहनु भएको गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष श्री भाईचन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
मास्क वितरण तथा जनचेतनामुलक ¥याली
१४ श्रावण २०७८
गोरखा चेम्बर अफ कमर्स अन्तर्गत रहेको मसला तथा किराना ब्यावसायी संघको आयोजनामा गोरखा बजार क्षेत्रमा मास्क वितरण तथा जनचेतनामुलक ¥यालीको आयोजना गरियो । कोरोना को बढ्दो प्रकोपमा सर्वसाधारणबाट लापरवाही बढ्न लागेको अवस्थामा सचेत रहन ¥यालीको आयोजना गरिएको गोरखा चेम्बरका अध्यक्ष श्री भाईचन्द्र श्रेष्ठले बताउनु भयो । पसलमा आउने ग्राहकले सहि तरिकाले मास्क नलगाई आउदा मास्क लगाउन सिकाउदा रिसाउने र समान खरिद नगरी जाने जस्ता समस्या समेत आएको हुदा समग्रमा जनचेतना फैलाउन ¥यालीको आयोजना गरी मास्क समेत वितरण गरिएको मसला तथा किराना ब्यावसायी संघका अध्यक्ष श्री अरविन ठाकुरले जानकारी दिनु भयो ।
सहयोग हस्तान्तरण
१५ असार, २०७८
गोरखा चेम्बर अफ कमर्सबाट गोरखा नगरपालिका वडा नं. ३ कुमाल वस्तीमा रहेको स्वास्थ्य चौकिलार्ई कोरोना भाइरस कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामाग्री ४ सेट पिपिइ, ५ थान माक्स, २ थान ग्लोब्स, ३ सेट अक्सोमिटर, ४ सेट फेस सिल्ड उपलब्ध गराएको छ ।
चेम्बरका सह कोषाध्यक्ष श्री सरोज पोख्रेल तथा कार्यालय सचिव श्री मन्जु कट्टेल साथै समाग्री ग्रहण गदैं अहेव श्री अमृता श्रेष्ठ ।
सहयोग हस्तान्तरण
४ असार २०७८
ऋएक्ष् ग्क्ब् र ःक्ष्त् ँइग्ल्म्ब्त्क्ष्इल् को सहयोग गोरखा चेम्बर अफ कमर्सको समन्वयमा करिव ३२ लाख मुल्य बराबरको १० ली र ५ ली को १०÷१० गरी २० थान यहथनभल अयलअभलतचबतयचक तथा अन्य स्वास्थ्य सामाग्री अयखष्मज्ञढ रोक थाम र नियन्रण को लागी स्थानीय निकायहरुमा आवश्कता अनुसार बितरण गर्न म्ऋऋःऋ लाई जानाकारी गराई जिल्ला स्वास्थ्य कार्यलयका नि. कार्यलय प्रमुख नर जंग ठकुरी लाई हस्तान्तरण
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np