loader image
Close
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Province No. 1
      • Province No. 2
      • Bagmati Pradesh
      • Gandaki Pradesh
      • Lumbini Pradesh
      • Karnali Pradesh
      • Far West
    • NCC Staff
    • Certificate of Origin
    • Membership Area
    • Past President
  • Committee
    • Agriculture, Herbs and Wildlife Committee
    • Commerce and Trade Facilitation Committee
    • Consumer Interest, Supply, Local Bodies, and Local Administration Coordinating Committee
    • Education and Sports Committee
    • Employers’ Committee
    • Energy Committee
    • Export Promotion Committee
    • Gold and Silver, Gem Jewelry, Mining, and Geology Committee
    • Information Technology Committee
    • Logistics, transport and Automobile Committee
    • Nepal Capital Market Promotion Committee
    • Nepal Women’s Chamber
    • Publicity and hospitality committee
    • Tax, Revenue and Customs Committee
  • Media Room
    • News
    • Press Release
    • News Clipping
    • Notice and Announcement
    • YouTube
  • Gallery
  • Events
    • Events
    • Upcoming Events
  • Government, Acts & Policy
    • Government Quick Links
  • Publications
  • Nepal Chamber Expo
  • Contact
  • 01-5330947
  • info@ncc.org.np
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President's Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Province No. 1
      • Province No. 2
      • Bagmati Pradesh
      • Gandaki Pradesh
      • Lumbini Pradesh
      • Karnali Pradesh
      • Far West
    • NCC Staff
    • Certificate of Origin
    • Membership Area
    • Past President
  • Committee
    • Agriculture, Herbs and Wildlife Committee
    • Commerce and Trade Facilitation Committee
    • Consumer Interest, Supply, Local Bodies, and Local Administration Coordinating Committee
    • Education and Sports Committee
    • Employers’ Committee
    • Energy Committee
    • Export Promotion Committee
    • Gold and Silver, Gem Jewelry, Mining, and Geology Committee
    • Information Technology Committee
    • Logistics, transport and Automobile Committee
    • Nepal Capital Market Promotion Committee
    • Nepal Women’s Chamber
    • Publicity and hospitality committee
    • Tax, Revenue and Customs Committee
  • Media Room
    • News
    • Press Release
    • News Clipping
    • Notice and Announcement
    • YouTube
  • Gallery
  • Events
    • Events
    • Upcoming Events
  • Government, Acts & Policy
    • Government Quick Links
  • Publications
  • Nepal Chamber Expo
  • Contact
  • Home
  • About Us
  • President's Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Province No. 1
      • Province No. 2
      • Bagmati Pradesh
      • Gandaki Pradesh
      • Lumbini Pradesh
      • Karnali Pradesh
      • Far West
    • NCC Staff
    • Certificate of Origin
    • Membership Area
    • Past President
  • Committee
    • Agriculture, Herbs and Wildlife Committee
    • Commerce and Trade Facilitation Committee
    • Consumer Interest, Supply, Local Bodies, and Local Administration Coordinating Committee
    • Education and Sports Committee
    • Employers’ Committee
    • Energy Committee
    • Export Promotion Committee
    • Gold and Silver, Gem Jewelry, Mining, and Geology Committee
    • Information Technology Committee
    • Logistics, transport and Automobile Committee
    • Nepal Capital Market Promotion Committee
    • Nepal Women’s Chamber
    • Publicity and hospitality committee
    • Tax, Revenue and Customs Committee
  • Media Room
    • News
    • Press Release
    • News Clipping
    • Notice and Announcement
    • YouTube
  • Gallery
  • Events
    • Events
    • Upcoming Events
  • Government, Acts & Policy
    • Government Quick Links
  • Publications
  • Nepal Chamber Expo
  • Contact
Lumbini

सुरक्षाको प्रत्याभुति दिलाउँछु स् एसपी रविन्द्र रेग्मी

By NCC 


१८, फाल्गुण २०७८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका नवआगन्तुक प्रमुख प्रहरी उपरीक्षक श्री रविन्द्र रेग्मीले नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउने बताउनु भयो । उद्योग व्यापार संगठन रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै एसपी रेग्मीले यसअघिका प्रहरी प्रमुखको राम्रो कामलाई पछ्याउने बताउनु भयो । उनले होटल रेष्टुरेण्ट कति बजेसम्म सञ्चालन गर्ने भन्नेबारेमा छलफल मार्फत अगाडि बढ्ने बताउनु भयो । उनले भने, ‘सुरक्षाको लागि व्यवसायीको पनि योगदान आवश्यक हुन्छ, जस्तै लाईट, सीसीटिभी क्यामेरा लगायतका कुराको व्यवस्थापन ।’ प्रहरीको एक्लो प्रयासले मात्र सफल नहुने भएकाले हातेमालो गरेर अगाडी बढ्नुपर्ने उनले उल्लेख गर्नु भयो ।
कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठनका अध्यक्ष श्री अनिल कुमार ज्ञवालीले करिब ५ हजार उद्योगी व्यवसायी आबद्ध संगठनले निजी क्षेत्रको व्यवसायिक हकहितका लागि आवाज उठाउँदै आएको बताउनु भयो । उनले संगठनले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताउनु भयो । रुपन्देही विकासको दृष्टिकोणले अत्यन्तै तीव्र गतिमा अगाडी बढेको उहाको भनाइ थियो ।
संगठनका निवर्तमान अध्यक्ष श्री नारायण प्रसाद भण्डारीले जिल्लामा लागूऔषधको कारोबार विगतका वर्ष भन्दा क्रमशः न्यूनीकरण हुँदै गएको बताए । उनले जिल्ला प्रहरी कार्यालय र उद्योग व्यापार संगठनबीच अझ सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे ।
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार श्री खिम बहादुर खत्रीले एसपी रेग्मीको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नु भयो । उनले संगठनले जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो । संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले पर्यटन क्षेत्रमा चुनौती रहेको उल्लेख गर्नु भयो । उनले सम्पूर्ण संघ–संस्थासँग संगठन हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भयो ।
संगठनका सल्लाहकार श्री उषाकिरण गुरुङले संस्थालाई अगाडी बढाउन सहकार्य गर्दै जाने बताउनु भयो । नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर रुपन्देहीका अध्यक्ष श्री मधु प्रसाद पन्थीले रुपन्देहीमा सम्भावनासंगै चुनौती पनि रहेको बताउनु भयो । मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष श्री केशवराज ज्ञवालीले मदिरा व्यवसायीलाई पनि सम्मानजनक रुपमा हेर्नुपर्नेमा जोड दिनु भयो ।
उद्योग व्यापार संगठनका अध्यक्ष श्री अनिल कुमार ज्ञवालीको अध्यक्षता, निवर्तमान अध्यक्ष श्री नारायण प्रसाद भण्डारीको स्वागत, उपाध्यक्ष श्री रामचन्द्र रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव श्री सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सुरक्षाको प्रत्याभुति दिलाउँछु ः एसपी रविन्द्र रेग्मी
१८, फाल्गुण २०७८

सुरक्षाको प्रत्याभुति दिलाउँछु


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका नवआगन्तुक प्रमुख प्रहरी उपरीक्षक श्री रविन्द्र रेग्मीले नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउने बताउनु भयो । उद्योग व्यापार संगठन रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै एसपी रेग्मीले यसअघिका प्रहरी प्रमुखको राम्रो कामलाई पछ्याउने बताउनु भयो । उनले होटल रेष्टुरेण्ट कति बजेसम्म सञ्चालन गर्ने भन्नेबारेमा छलफल मार्फत अगाडि बढ्ने बताउनु भयो । उनले भने, ‘सुरक्षाको लागि व्यवसायीको पनि योगदान आवश्यक हुन्छ, जस्तै लाईट, सीसीटिभी क्यामेरा लगायतका कुराको व्यवस्थापन प्रहरीको एक्लो प्रयासले मात्र सफल नहुने भएकाले हातेमालो गरेर अगाडी बढ्नुपर्ने उनले उल्लेख गर्नृ भयो ।
कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठनका अध्यक्ष श्री अनिल कुमार ज्ञवालीले करिब ५ हजार उद्योगी व्यवसायी आबद्ध संगठनले निजी क्षेत्रको व्यवसायिक हकहितका लागि आवाज उठाउँदै आएको बताउनु भयो । उहाँले संगठनले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताउनु भयो । रुपन्देही विकासको दृष्टिकोणले अत्यन्तै तीव्र गतिमा अगाडी बढेको उहाको भनाइ थियो ।
संगठनका निवर्तमान अध्यक्ष श्री नारायण प्रसाद भण्डारीले जिल्लामा लागूऔषधको कारोबार विगतका वर्ष भन्दा क्रमशः न्यूनीकरण हुँदै गएको बताउनु भयो । उनले जिल्ला प्रहरी कार्यालय र उद्योग व्यापार संगठनबीच अझ सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार श्री खिम बहादुर खत्रीले एसपी रेग्मीको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नु भयो । उनले संगठनले जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो । संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले पर्यटन क्षेत्रमा चुनौती रहेको उल्लेख गर्नु भयो । उनले सम्पूर्ण संघ–संस्थासँग संगठन हातेमालो गर्दै अगाडी बढ्ने बताउनु भयो ।
संगठनका सल्लाहकार श्री उषाकिरण गुरुङले संस्थालाई अगाडी बढाउन सहकार्य गर्दै जाने बताउनु भयो । नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर रुपन्देहीका अध्यक्ष श्री मधु प्रसाद पन्थीले रुपन्देहीमा सम्भावनासंगै चुनौती पनि रहेको बताउनु भयो । मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष श्री केशवराज ज्ञवालीले मदिरा व्यवसायीलाई पनि सम्मानजनक रुपमा हेर्नुपर्नेमा जोड दिनु भयो ।
उद्योग व्यापार संगठनका अध्यक्ष श्री अनिल कुमार ज्ञवालीको अध्यक्षता, निवर्तमान अध्यक्ष श्री नारायण प्रसाद भण्डारीको स्वागत, उपाध्यक्ष श्री रामचन्द्र रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव श्री सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतितपत्रको मार्जिनमा पुनर्विचार गर्न राष्ट्र बैकसंग व्यवसायीको माग
२५ माघ २०७८

प्रतितपत्रको मार्जिनमा पुनर्विचार गर्न राष्ट्र बैकसंग व्यवसायीको माग

भैरहवा । उद्योग व्यापार संगठन रुपन्देहीले नेपाल राष्ट्र बैंकलाई विलासिताका सामान आयातका लागी प्रतितपत्र खोल्दा मार्जिनमा पनर्विचार गर्न माग गरेको छ ।
भारतबाट सामान आयात गर्दा अनिवार्य प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्थाले मध्यम वर्गका ब्यावसायी मारमा परेको गुनासो गर्दै संगठनले सिद्धार्थनगर प्रादेशिक कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्र बैंकले २० वटा विलासिताका वस्तु आयात गर्दा अनिवार्य एलसी खोल्दा २ वटा शीर्षकमा ५० प्रतिशत र अन्य वस्तुमा १०० प्रतिशत मार्जिन अग्रिम भुक्तानी बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ । यहि प्रावधानले व्यवसायी मारमा परेको भन्दै उद्योग व्यापार संगठन रुपन्देहीले सहज बनाउन माग गरेको छ ।

करदाता शिक्षा तथा अन्तरक्रिया
५ मंसिर २०७८

करदाता शिक्षा तथा अन्तरक्रिया

भैरहवा । उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स रुपन्देही) रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको संयोजनमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दशौं राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह–२०७८ को अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक श्री केशवराज ज्ञवालीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृृत श्री मुक्तिराम आचार्यले राष्ट्रको विकासमा करको योगदान रहेको बताउनु भयो । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष श्री अनिल कुमार ज्ञवालीले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताउनु भयो । उनले कर तिर्ने वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव श्री जे.पी. कंडेल, उद्योग व्यापार संगठन रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार श्री खिम बहादुर खत्री, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष श्री भीष्म प्रसाद न्यौपाने, सिद्धार्थ यातायात प्रा.लि.का अध्यक्ष श्री सुर्य कुमार सारु मगर, देवदह चेम्बर अफ कमर्सका अध्यक्ष श्री कोष बहादुर गुरुङ, नेपाल अडिटर्स एशोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष श्री गोविन्द प्रसाद रेग्मी लगायतले बोल्दै कर प्रशासनले कर शिक्षा दिने समयको रुपमा कर सप्ताहलाई लिएको बताउनु भयो । कार्यक्रममा सहभागि उद्योगी व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राख्नु भएको थियो ।
यस्तै कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत श्री गोपाल गिरीले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

उद्योग व्यापार संगठनद्वारा सम्पर्क कार्यालय स्थापना
१६, मंसिर २०७८

उद्योग व्यापार संगठनद्वारा सम्पर्क कार्यालय स्थापना

उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स रुपन्देही) द्वारा सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ स्थित रामनगरमा मर्चवार सम्पर्क कार्यालय स्थापना भएको छ ।
रुपन्देहीका विभिन्न क्षेत्र तथा स्थानीय तहमा सम्पर्क कार्यालय स्थापना गर्ने वार्षिक कार्ययोजना अनुसार बिहीबार मर्चवारमा स्थापना गरिएको संगठनका अध्यक्ष श्री अनिल कुमार ज्ञवालीले बताउनु भयो । उनले अन्य क्षेत्रमा पनि सम्पर्क कार्यालय स्थापना गर्दै जाने जानकारी दिनुभयो ।
यसैबीच मर्चवार सम्पर्क कार्यालय स्थापना गरेको संगठनले श्री प्रभु यादवको अध्यक्षतामा मर्चवार उपसमिति समेत गठन गरेको छ । उपसमितिको उपाध्यक्षमा श्री वक्सिस अहमद मुसलमान, सचिवमा श्री रामरत्न यादव, कोषाध्यक्षमा श्री बाबुराम गुप्ता, सदस्यमा श्री महन्त यादव, श्री गंगाराम गौड, श्री अनिल यादव, श्री अनिल बनिया, श्री कुमारी सहानी, श्री अर्जुन मिश्र र श्री सुधिर दुवे रहनु भएको छ । त्यस्तै सल्लाहकारमा श्री राधेश्याम यादव र श्री रबिन्द्र प्रसाद मिश्र रहनु भएको छ ।
कार्यक्रम संयोजक श्री प्रभु यादवको अध्यक्षता, संगठनका अध्यक्ष श्री अनिल कुमार ज्ञवालीको प्रमुख आतिथ्यता, कोषाध्यक्ष श्री राम मिलन यादवको स्वागत तथा महासचिव श्री सचिन रोक्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष श्री दर्पण श्रेष्ठ, उद्योग उपाध्यक्ष श्री रामचन्द्र रेग्मी, वाणिज्य उपाध्यक्ष श्री कृष्ण बहादुर गुरुङ, मर्चवार उपसमितिका सल्लाहकार श्री राधेश्याम यादव लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

यसैगरी उद्योग व्यापार संगठन, रुपन्देहीले सियारी गाउँपालिका वडा नम्बर ७ स्थित अमुवा बजारमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
सम्पर्क कार्यालय स्थापनासंगै उपसमिति समेत गठन गरिएको संगठनका अध्यक्ष श्री अनिल कुमार ज्ञवालीले बताउनु भयो । श्री जीवन ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय उपसमिति गठन गरिएको उनले बताउनु भयो । उपसमितिको उपाध्यक्षमा श्री दिनबन्धु खनाल, सचिवमा श्री सागर क्षेत्री, कोषाध्यक्षमा श्री वेद प्रसाद अर्याल, सदस्यमा श्री तुलसा ज्ञवाली थापा, श्री गिरीराज फूयाल, श्री विष्णु प्रसाद न्यौपाने, श्री महेश प्रसाद खनाल, श्री माया भट्टराई, श्री विष्णु क्षेत्री र राम नारायण केवट रहनु भएको छ । त्यस्तै सल्लाहकारमा श्री झपेन्द्रराज अर्याल, श्री हुमाकान्ती भुर्तेल, श्री रामदयाल यादव र श्री सुन्दर प्रसाद गुप्ता रहनु भएको छ । श्री जीवन ज्ञवालीको अध्यक्षता, उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष श्री अनिल कुमार ज्ञवालीको प्रमुख आतिथ्यता, समाजसेवी श्री झपेन्द्र खनाल, उद्यम महिला कृषि समूहका श्री विष्णु क्षेत्री, भृकुटी सहकारी संस्थाका श्री माया भट्टराई, नारी एकता महिला विकास सहकारीका श्री हुमाकान्ती भुर्तेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

मन्त्री खा“ र भन्सार प्रमुख ढकाललाई स्वागत
६, कार्तिक २०७८

मन्त्री खा“ र भन्सार प्रमुख ढकाललाई स्वागत

भैरहवा, उद्योग व्यापार संगठन, रुपन्देहीले लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री श्री वसिउद्दीन खाँ तथा भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीका नवआगन्तुक प्रमुख भन्सार अधिकृत श्री ज्ञानेन्द्रराज ढकाललाई सम्मान गरेको छ ।
सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको भवनमा भएको कार्यक्रममा बोल्दै मन्त्री खाँले कोभिड–१९ महामारीमा संगठनले राम्रो काम गरेको बताउनुभयो । उहाले संस्थाले आप्mनै भवन निर्माण सम्पन्न गरेको देख्दा विगतमा आफूले ठीक ठाउँमा लगानी गरेको अनुभुति भएको बताउनु भयो । उहाले प्रदेश सरकारले संगठनलाई अवश्य नै राहत दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ढकालले भन्सार कार्यालयले व्यापार सहजीकरण, राजस्व संकलन र सामाजिक सुरक्षा एवं संरक्षण गर्दै आएको बताए । उनले भन्सार कार्यालयसम्बन्धी केही गुनासो भए जानकारी गराउन आग्रह गर्नुभयो । ढकालले संगठनसंग सहकार्य र हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गनर्’भयो । उनले औद्योगिकरण मार्फत आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुपर्ने बताउनुभयो । भन्सार कार्यालयमा सवारीसाधन प्रवेश गरिसकेपछि कागज नमिलेको कारणबाहेक गाडी नरोकिने उनले बताउनुभयो ।

चौधौं बार्षिक साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न,
९ असोज २०७८

चौधौं बार्षिक साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न

उद्योग ब्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीको चौधौं बार्षिक साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । पुर्वउपप्रम तथा अर्थमन्त्री श्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुमा प्रतिनिधि सभा सदस्य श्री प्रमोद यादव, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष श्री बामदेब क्षेत्री, बुटवल उपमहानगरका प्रमुख श्री शिवराज सुवेदी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष श्री टंक प्रसाद पोखरेल रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै पुर्व उप प्रम श्री पौडलले उद्योगी ब्यावसायीका समस्या समाधान गरी निजी क्षेत्रलाई समेटेर मात्र अगाडी बढेमा सरकार सफल हुने बताउनु भयो ।
साधारण सभाले आगलागी पिडित, रोटरी क्लवको भवन निर्माण, भैरहवा स्थित श्री भिम अस्पताललाई रु. एकावन्न हजारका दरले रकम उपलब्ध गराईएको थियो । त्यसैगरी पत्रकारीता पुरस्कारका लागि एकावन्न हजारको अक्षय कोष स्थापना गरी यस बर्षको रु. एघार हजारको पत्रकारीता पुरस्कार पत्रकार श्री कुलमणी ज्ञवालीलाई प्रदान गरियो । त्यसैगरी उत्कृष्ट कार्य गर्ने उद्योगी, पर्यटन ब्यावसायी,कृषि, महिला उध्यमी, निजामती कर्मचारीलाई सम्मानपत्र तथा भवन निर्माणको कार्यमा सहयोग गर्नु हुने महानुभाव तथा सस्थाहरुलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथिले करिव तिन करोड पचास लाखको लागतमा नव निर्मित चेम्बर भवनको उद्घाटन समेत गर्नु भएको थियो ।
साधारणसभाले नयां कार्यसमिति समेत निर्वाचित गरेको छ । जस अनुसार अध्यक्ष पदमा श्री अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्षमा श्री दर्पण श्रेष्ठ, उपाध्यक्ष (उद्योग)मा श्री रामचन्द्र रेग्मी, उपाध्यक्ष(वाणिज्य)मा श्री कृष्ण बहादुर गुरुङ, महासचिवमा श्री सचिन रोक्का, कोषाध्यक्षमा श्री राम मिलन यादव, सचिवमा श्री टिकाराम भट्टराई, सहकोषाध्यक्षमा श्री मधुसुदन अर्याल, एशोसियट सदस्यमा श्री सुरेन्द्र त्रिपाठी तथा सदस्यहरुुमा क्रमशः श्री प्रभु प्रसाद यादव, श्री सुरेन्द्र कुमार पाण्डे, श्री लक्ष्मण भण्डारी, श्री राम प्रसाद सापकोटा, श्री विष्णु प्रसाद उपाध्याय, श्री भोला बहादुर क्षेत्री श्री गौतम कुमार गुप्ता, श्री धिरज कुमार मल्लिक, श्री प्रकाश प्रसाद श्रेष्ठ, श्री कृष्ण प्रसाद पाण्डे, श्री मिनिता थापा, श्री विन्दु न्यौपाने र श्री मायां शर्मा खनाल निर्वाचित हुनुभएको छ ।


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

डोटी चेम्बर अफ कमर्सद्धारा सूनचाँदी ब्वयसाय संघ डोटीको नवनिर्वाचित कार्य समितिलाई स्वागत सम्मान कार्यक्रम सम्पन्न गरियो ।
Previous Article
ककनी चेम्बर अफ कमर्स अन्तर्कृया कार्यक्रम
Next Article

Philadephia

4352 Market St
#3200 Philadelphia, PA 19103
(215) 569-0455

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O.Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: info@ncc.org.np
www.ncc.org.np

Asia Pacific

343 Main St
#232 Singapore, SG 67867
(657) 898-0455

Europe

89 Kingstreet St
#3200 London, PObox 19103
(433) 896-0455

Facebook Twitter
Copyright © 2022 by Nepal Chamber of Commerce. All Right Reserved.