
पाल्पा चेम्बर अफ कमर्स
९ पुस २०७८
पाल्पा व्यापार संघ (चेम्बर अफ कमर्स) को वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष श्री टंक प्रसाद पोखरेलले आम ब्यवसायीले मेरो धर्म र पेशा के हो बुझ्नुपर्ने हुन्छ । जसका लागी आफ्नो पेशालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाले पाल्पाको ऐतिहासिक पृष्ठभुमि सम्झेर सबैले ध्यानदिन आवस्यक रहेको ध्यानाकर्षण गराउनुभयो । भाबी कार्यक्रम अन्तर्गत संघले स्थानिय सरकार सङ्ग समन्वय गरेर ब्यवसायीलाई सहुलियत पुर्ण ऋण उपलब्ध गराउन ब्यवस्था मिलाउने, ब्यवसायीलाई कर सम्बन्धी जानकारीमुलक कक्षा सन्चालन गर्ने, स्थानीय ब्यापारीलाई समेटी यो बर्षमा व्यापार मेलाको आयोजना गर्ने, पर्यटक तान्ने आकर्षक प्याकेज बनाउने योजना बनाएको संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।
स्थानीय संघ संस्थाको तर्फबाट होटेल तथा रेस्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष श्री मोहन प्रसाद श्रेष्ठले पाल्पाको पर्यटन, ब्यापारीको समस्या बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । पाल्पा उध्योग बाणिज्य संघका उपाध्यक्ष श्री यादब सिंह कार्कीले बैंकमा ऋण लिएका ब्यवसायीलाई ब्याज छुटको प्रबन्ध गरेको छ, पाल्पालाई पहिलेको जस्तो ब्यापारीक क्षेत्र बनाउन आवस्यक रहेको बताउनुभयो । गल्याङ्ग चेम्बर अफ कमर्स, देबदह चेम्बरका प्रतिनिधिले सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
साधारणसभामा संघका अध्यक्ष चिरञ्जीवी पोखरेलको अध्यक्षता, दितिय उपाध्यक्ष बिश्णु कार्कीको स्वागत र संघका सचिब पर्शुराम पौडेलको संचालनमा भएको थियो
पाल्पा चेम्बर अफ कमर्सद्धारा सहयोग हस्तान्तरण
२८ कार्तिक २०७८
पाल्पाको रैनादेबि छहरा मा रहेको लक्ष्मी पोखरेलको प्रतीक्षा फेन्सी स्टोरमा आगलागी हुदा रु बीस लाख बराबर को सरसामान जली नष्ट भई क्षती भएकाले राहत स्वरूप पाल्पा चेम्बर अफ कमर्सद्वारा पिडित लाई चेक हस्तान्तरण गर्नु हुदै वरिष्ठ उपाध्यक्ष श्री थानेश्वर गैरे लगायत चेम्बर परिवार ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np