८ मंसिर २०७८
ललितपुर चेम्बर अफ कमर्स र ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पताल बीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालको सेवामा ललितपुर चेम्बर अफ कमर्सका सदस्य एवं कर्मचारीहरुले विशेष सहुलियत तथा उपचारमा विशेष सुविधा प्राप्त गर्ने भएका छन् । ललितपुर चेम्बर अफ कर्मका अध्यक्ष पुष्परत्न शाक्य र अस्पतालका महाप्रबन्धक विजय रिमालले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले नेपाल मेडिसिटी अस्पतालले गुणस्तर अन्तर्राष्ट्रियस्तरको उपचार प्रदान गर्दै आएको र स्वदेशी अस्पताललाई साथ दिन यस सम्झौता गरेको बताउनु भयो । अस्पतालका महाप्रबन्धक रिमालले राष्ट्रकै पहिलो अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल मेडिसिटी अस्पतालले ललितपुर क्षेत्रलाई सधै प्राथमिकतामा राखेको बताउनु भएको छ ।
आर्थिक क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिहरुको थप साथ र हौसला प्राप्त गर्ने उद्धेश्यका साथ सम्झौता कार्यक्रममा सहभागी हुन पाएकोमा उनले खुशी व्यक्त गर्नुभयो ।
स्वागत कार्यक्रम
७ असोज २०७८
ललितपुर चेम्बर अफ कमर्स द्वारा ललितपुर जिल्ला प्रशासन कार्यलयमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री घनश्याम उपाध्याय लाई ललितपुर चेम्बर अफ कमर्सबाट स्वागत गरियो। जिल्लाको आर्थिक सामाजिक बिकासको कार्यमा प्रशासन र ललितपुर चेम्बर अफ कमर्स बिच सदा झै र अझ बढि आपसी सहकार्य गर्दै अगाडि बढने बिषयमा छलफल भयो । सो अबसरमा प्रमुख जिल्ला अधिकारीबाट उपत्यकाको हस्तकला नगरमा आउन पाएकोमा खुशी ब्यक्त गर्नु भयो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np