राप्ति गांउपालिका चेम्बर अफ कमर्स
२ असोज २०७८
राप्ति गाउंपालिका चेम्बर अफ कमर्सको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । चेम्बरका अध्यक्ष श्री कुमार अधिकारीको अध्यक्षता एवम राप्ती गाउँपालिकाका अध्यक्ष श्री नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन महासचिव ।ी चुम बहादुर बुढाले प्रस्तुत गर्नु भएको थियो ।
चेम्बरको आगामी आर्थिक वर्ष २०७८÷०७९ मा राप्ती गाउँपालिकाका मुख्य बजारहरू भालुवाङ,लालमटिया,मौरीघाट, पिपरी र सिसहनियाँ बजारमा फोहरमैला व्यवस्थापन गर्न गाउँपालिका सँग पहल गर्ने, कोभिढ १९ नियन्त्रणमा आए स्थानीय कला संस्कृतिको संरक्षणका लागि व्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन गर्ने, सिसहनियाँ बजारमा सार्वजनिक शौचालय निमार्ण गर्न र बन्द रहेको सडक बत्ती सञ्चालन गर्न गाउँपालिका सँग पहल गर्ने,नियमित सरसफाइ र व्यापारीहरुको हकहितको क्षेत्रमा काम गर्दै उनीहरुलाई विभिन्न किसिमको तालिम प्रदान गर्ने योजना रहेको छ ।
सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री प्रेम बुढाथोकी र अध्यक्षको प्रतिवेदन श्री कुमार अधिकारीले प्रस्तुत गर्नु भएको थियो । चेम्बरका प्रथम उपाध्यक्ष श्री नेमलाल बेल्वासेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष श्री जगदम्बाकुमारी चौधरी, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री श्रीधर महरा, राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष श्री विद्याशरण चौधरी,देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षश्री शिवध्वज मल्ल, प्रगतीनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्री शान्तराज शर्मा,नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश पार्षद् श्री महेश रिजाल, सल्लाहकार श्री श्यामा रावत लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा चेम्बरमा पहिलो व्यवसायी दर्ता गर्ने राप्ती गाउँपालिका ५ सिसहनियाँ निवासी श्री टंकबहादुर केसीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गनु भएको थियो ।
प्रथम अधिवेशनवाट अध्यक्ष श्री कुमार अधिकारीको नेतृत्वमा नवनिर्वाचित कार्यसमिति प्रथम उपाध्यक्ष श्री नेमलाल बेल्वासे, द्वितीय उपाध्यक्ष श्री श्यामा रावत, महासचिव श्री शेषकान्त आचार्य, सचिव श्री वसन्तबहादुर कुवर क्षेत्री, कोषाध्यक्ष श्री प्रेम बुढाथोकी, सदस्यहरू श्री जितेन्द्र गुप्ता,श्री राजु विश्वकर्मा,श्री तिलक ज्ञवाली, श्री खेमराज अर्याल, श्री अर्जुनकुमार क्षेत्री, श्री सियाराम चौधरी, श्री युद्धबहादुर भुसाल,श्री धनी राम चौधरी र श्री अशोक बेल्वासे रहनु भएको छ ।
कानुनी सल्लाहकार श्री हरि बेल्वासे, प्रेस सल्लाहकारमा श्री ओमप्रकाश गुप्ता, सल्लाहकारहरूमा श्री चुम बहादुर बुढा, श्री गोपाल खत्री, श्री शान्तराज शर्मा रहनु भएको छ ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np