पुख््र्याैली पेसा संरक्षणमा तोरीको तेल लाई ब्राण्डिङ गरिर्दै
३ माघ २०७८
भक्तपुरका मानन्धर समुदाय आफ्नो लोपोन्मुख पुख्र्याैली पेशालाई पुनर्जीवन दिँदै ‘ब्रान्ड’ बनाउन जुटेका छन् । ती समुदायको पुख्र्याैली पेशा तेलको व्यापार हो । केही युवाका पहलमा पेशालाई पुनर्जीवन दिँदै ब्रान्डसमेत बनाउन जुटेका हुन् ।
भक्तपुर चेम्बर अफ कमर्सले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भएपछि भक्तपुर जिल्ला मानन्धर युवा सङ्घको अगुवाईमा लोप हुने अवस्थामा पुगेको परम्परागत पेशालाई पुनरुत्थान गर्न ती समुदायका युवा अघि सरेका हुन् । प्रारम्भिक चरणका छलफलमा भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका ती समुदायका युवा सहभागीले तोरीको तेल उत्पादनसम्बन्धी अध्ययन समिति समेत गठन गरेका छन् ।
समितिको संयोजकमा भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धर रहेका छन् भने सदस्यहरुमा बाबुकाजी मानन्धर, रामबहादुर मानन्धर, ज्ञानेन्द्र मानन्धर, उमेश मानन्धर, आनन्द मानन्धर र राजेश मानन्धर रहेका छन् । “लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामूहिक लगानीमा कम्पनीका रूपमा विकास गर्छौं’, भक्तपुर चेम्बरका अध्यक्ष एवम् अध्ययन समितिका संयोजक न्हुछेरत्न मानन्धरले भन्नुभयो ।
सहयोग हस्तान्तरण
२ माघ २०७८
२४ औं भूकम्प स्मृति सभाको अवसरमा भक्तपुर चेम्बर अफ कमर्सबाट सुरक्षा निकायहरुका लागि ६ वटा ँष्चभ भ्हतष्लनगष्कजभचक सहयोग हस्तान्तरण गर्ने कार्य भयो । उक्त सामग्री संस्थाका अध्यक्ष श्री न्हुछेरत्न मानन्धर र उपाध्यक्ष श्री कविदास धौबजी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मा लगायत सुरक्षा प्रमुखहरुलाई हस्तान्तरण गर्नु भएको हो ।
नाक, कान, घांटी र आंखा सम्बन्धी स्वास्थ्य शिविर
२१ पुस २०७८
भक्तपुर चेम्बर अफ कमर्स समेतको सहयोगमा लायन्स आंखा तथा मधुमेह सेवा केन्द्र र जनजिविका बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एक दिने नाक, कान, घांटी र आंखा सम्बन्धी निशुल्क स्वास्थ्य शिविर अहिले सुर्यविनायक चोक सामुदायिक स्वास्थ्य केन्द्रमा सञ्चालन भईरहेको छ । कार्यक्रममा सिर्जनशील महिला समूहको समेत सहकार्य रहेको छ भने वि.पि.नेत्र प्रतिष्ठानको प्राविधिक सहयोग रहेको छ ।
योजना तर्जुमा कार्यशाला गोष्ठी
१५ पुस २०७८
भक्तपुर चेम्बर अफ कमर्स द्वारा आगामी दिनहरुमा गर्ने गतिविधीहरु तयार गर्नका लागी एकदिने योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गरियो । उक्त कार्यशाला गोष्ठीको समुद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं. नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले स्थानीय स्तरमा रोजगारी अभिवृद्धि हुने किसिमका गतिविधिहरु योजनामा समावेश हुनुपर्ने बताउनु भयो । यसैगरी वहाँले कृषिको व्यवसायिकरण र सूचना प्रविधिको क्षेत्रमा नेपाल चेम्बर अफ कमर्सले विशेष प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्दै आएको हुँदा भक्तपुर चेम्बर अफ कमर्सले तयार पर्ने योगनाहरु सोही अनुरुप तयार पार्न सुझाव पनि दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले भक्तपुर चेम्बर अफ कमर्सलाई मुलुकको जिल्ला नगर चेम्बरहरुमा उत्कृष्ठ चेम्बरको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनु भयो । साथै चेम्बरबाट तयार हुने योजनाहरु उद्यमी व्यवसायीहरुको समास्या सम्बोधन हुने खालका् हुने पनि बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं आपूर्ति समितिका सभापति श्री देवेन्द्र भक्त श्रेष्ठले भक्तपुर चेम्बरले छोटो समयमा गरेको प्रगति उदाहरणीय रहेको बताउनु भयो ।
गसैगरी उद्घाटनकै अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्यसमिति सदस्य तथा भौतिक पूर्वाधार समितिका सभापति श्री रोशन भोयद्योले भक्तपुर जिल्लामा उद्यमी व्यवसायीको हक हितको नेतृत्व कर्ता संघको आवश्यकता खट्किरहेको अवस्थामा छोटो समयमै भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा उद्यमी व्यवसायी माझ आफ्नो दरिलो उपस्थिति देखाउन सक्नु राम्रो पक्ष रहेको बताउनु भयो ।
भक्तपुर चेम्बर अफ कमर्स अन्तर्गत गठन भएको चारैवटा नगर चेम्बरहरुले छुट्टा छुट्टै रुपमा तयार पारेको योजनाहरुमा आर्थिक विकासका गतिविधिहरुदेखि लिएर संस्थागत विकास एवं सामाजिक सेवाका गतिविधिहरु समावेश भएका छन् । योजना तर्जुमाका यसैवीच उक्त योजना तर्जुमा कार्यशाला गोष्ठीको समापन नेपाल चेम्बर अफ कमर्सका उपाध्यष श्री दिपक मल्होत्राको प्रमुख आथिथ्यतामा सम्पन्न भयो ।
सो अवसरमा वहाँले भक्तपुर चेम्बर अफ कमर्सले भावि योजना तय गर्दै सोही बमोजिम संस्थालाई अगाडि बढाउन खोज्नु जिल्ला नगर चेम्बर अफ कमर्सका लागी नमूना कार्य भएको बताउनु भयो ।
समापनका अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका सल्लाहकार श्री कृष्ण प्रसाद अवाल, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री विष्णु भक्त मारिखु, भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री कविदास धौबजी श्रेष्ठ, भक्तपुर नगर चेम्बरका अध्यक्ष श्री राधेसुन्दर सायजु, मध्यपुर थिमि नगर चेम्बरका अध्यष श्री सचिन्द्र श्रेष्ठ, चाँगुनारायण नगर चेम्बरका अध्यक्ष श्री गोकुल प्रसाद प्रजापति, सूर्यविनायक नगर चेम्बरका अध्यक्ष श्री राम गोपाल सुवाल लगायतले संस्थाको प्रगतिका लागि शुभकामना दिनु भएको थियो ।
समापन कार्यक्रमकै अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका सचिव श्री सुरेन्द्र तुबन्जा श्रेष्ठलाई प्याब्सन जिल्ला कार्यसमितिको हालै सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएको प्रमुख अतिथिबाट दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
मिनिसप नेपालबाट भक्तपुर चेम्बरका पदाधिकारीलाई स्वागत
५ पौष २०७८
भक्तपुर सुर्यविनायक स्थित मिनिसप नेपाल प्रा.लि.ले भक्तपुर चेम्बर अफ कमर्सका पदाधिकारीहरुलाई एक कार्यक्रमकाबीच आज स्वागत ग¥यो । उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धर र मिनिसप नेपाल प्रा.लि.का प्रवन्ध निर्देशक श्री सुरेन्द्र जाकिबन्जारले मिनिसप नेपालबाट उपभोक्ताहरुका लागि ल्याउन लागेको छुट कार्डको संयुक्त रुपमा उद्घाटन समेत गर्नु भएको थियो ।
सो अवसरमा बोल्नु हुंदै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले मिनिसप नेपालले आम उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउने वस्तुहरु भक्तपुरमा उपलब्ध गराउन सक्नु राम्रो कार्य भएको बताउनु भयो । साथै वहाँले भक्तपुर चेम्बरको पहिलो दायित्व आफ्ना सदस्यहरुको व्यापार व्यवसाय प्रवद्र्धन गर्ने रहेको र आगामी दिनहरुमा पनि व्यवसायिक प्रवद्र्धनका गतिविधिहरु सञ्चालन गर्दै जाने बताउनु भयो ।
सो अवसरमा मिनिसप नेपालको बारेमा जानकारी गराउनु हुँदै कम्पनीका प्रवन्ध निर्देशक श्री सुरेन्द्र जाकिबन्जारले दैनिक जीवनयापनका सामानहरु सस्तो सुलभ, गुणस्तरीय रुपमा आम उपभोक्तालाई उपलब्ध गराउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
उक्त अवसरमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुहुंदै मिनिसप नेपालका सञ्चालक श्री सन्तुलन देशेमरुले मिनिसप नेपाल सञ्चालनको छोटो समयावधिमै उपभोक्ताहरुबाट राम्रो प्रतिक्रिया प्राप्त भईरहेको बताउनु भयो । मिनिसप नेपालमा केही समयसम्मका लागि निश्चित छुटको व्यवस्था समेत गरिएको पनि उक्त अवसरमा वहाँले जानकारी गराउनु भयो ।
अन्तरक्रिया कार्यक्रम सम्पन्न
१५ मंसिर २०७८
भक्तपुर चेम्बर अफ कमर्स र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त आयोजनामा लैगिक हिंसा विरुद्धको अभियान अन्तर्गत “व्यवसायिक क्षेत्रमा महिलाको सुरक्षा“ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने प्रहरी उपरिक्षक श्री शिव कुमार श्रेष्ठले लैंगिक हिसाका विविध पक्षहरुमा जानकारी प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विविध क्षेत्रका ७० जना भन्दा बढि महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रम
६ मंसिर २०७८
भक्तपुर चेम्बर अफ कमर्सद्धारा आफ्ना सदस्यहरुका लागि संस्थाले दिने सेवा सुविधाहरुका सम्बन्धमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो ।
सो अवसरमा सहभागीहरुलाई स्वागत गर्नुहुंदै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले संस्थाले प्रदान गर्ने सेवा सुविधाका सम्बन्धमा सदस्यहरुलाई अभिमुख गराउनु संस्थाको पहिलो दायित्व भएको बताउनु भयो । यसै गरी वहांले मौजूदा अवस्थामा चेम्बर प्रतिको अपेक्षा केवल सदस्यहरुबाट मात्र नभई गैर सदस्यहरु, सरकारी तथा स्थानीय निकायहरु र सामाजिक क्षेत्रबाट समेत हुन थालेको बताउनु भयो । साथै उनले व्यवसायिक समस्या र चुनौतीहरुसंग सामना गर्ने काम चेम्बरले गर्दै आएको र समूहमा लगानीका लागि सदस्यहरुलाई उत्प्रेरित गर्दै आएको बताउनु भयो ।
सो अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्यसमिति सदस्य श्री रोशन भोयद्योले उद्यमी व्यवसायीहरुको हक हित संरक्षण गर्ने, व्यवसाय प्रवद्र्धन गर्ने लगायत सरकारी तथा स्थानीय निकायहरुसंग सम्बन्ध अभिवृद्धि गर्दै जाने कार्य चेम्बर अफ कमर्सले गर्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिनुहुंदै भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री कवि दास धौबजी श्रेष्ठले आर्थिक विषयसंग सम्बन्धित राज्यको ऐन, नियम कानून लगायत योजना तथा कार्यक्रमहरुको विश्लेषण गरी आफ्नो प्रतिक्रिया सुझाव पेश गर्ने, व्यवसायिक तथ्यांक र सूचनाहरु संकलन गर्ने, सोधकार्य गर्ने र तत्तसम्बन्धी विषयहरुको पुस्तक, पत्रपत्रिका प्रकाशन र प्रचार प्रसार गर्ने लगायत व्यवसायिक विवादको मध्यस्थता गर्ने आदि कामहरु भक्तपुर चेम्बर अफ कमर्सले गरिरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सले प्रदान गर्ने सेवा सुविधाहरुका सम्बन्धमा भक्तपुर चेम्बर अफ कर्मका प्रमुख कार्यकारी अधिकृत श्री राजु मान बज्राचार्यले प्रस्तुतीकरण गर्नु भएको थियो ।
भक्तपुरका चारै नगरपालिकामा नगर चेम्बर गठन
२६ कार्तिक २०७८
भक्तपुर चेम्बर अफ कमर्श अन्तर्गत भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा नगर इकाई गठन गरिएको छ । नवगठित भक्तपुर नगर चेम्बरमा श्री राधेसुन्दर सायजु अध्यक्ष, श्री रश्मी सिल्पकार उपाध्यक्ष र अन्य सदस्यहरुमा श्री न्हुछेराम धुख्वा, श्री बालमुकुण्द प्रधान र श्री विजय हाछेथु रहनु भएको छ ।चाँगुनारायण नगर चेम्बरमा श्रीप् गोकुलप्रसाद प्रजापति अध्यक्ष, श्री सुनिता जोन्छें धौभडेल उपाध्यक्ष र अन्य सदस्यहरुमा श्री विक्रम प्रजापति, श्री जीवन मारिखु र श्री रमेश ह्यौमिखा रहनु भएको छ ।
त्यस्तै सूर्यविनायक नगर चेम्बरमा श्री रामगोपाल सुवाल अध्यक्ष, श्री सुचित्रा श्रेष्ठ उपाध्यक्ष र अन्य सदस्यहरुमा श्री रविनारायण कायष्ठ, श्री नानीबाबु थापा र श्री कृष्णसदन अवाल रहनु भएको छ ।मध्यपुर थिमि नगर चेम्बरमा श्री सचिन्द्र श्रेष्ठ अध्यक्ष, श्री उषा प्रजापति उपाध्यक्ष र सदस्यहरुमा श्री पुष्पलाल मानन्धर, श्री रविन्द्रकुमार श्रेष्ठ र श्री प्रविनलाल श्रेष्ठ रहनु भएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रम तथा नगर चेम्बरका पदाधिकारीहरु मनोनित
१७ कार्तिक २०७८
भक्तपुर चेम्बर अफ कमर्शले नेपाल सम्वत् ११४२ न्हुदं, शुभ दिपावली २०७८ र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना ग¥यो । भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरको सभापतित्वमा भएको थियो ।
कार्यक्रमको समुदघाटन गर्नु हुँदै प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्री राजेन्द्र मल्लले सरकार र निजी क्षेत्रको साझेदारीबाट मात्रै आर्थिक समृद्धि सम्भव हुने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माले व्यवसायीले आर्थिक गतिविधिहरुका अलावा सामाजिक सेवामा समेत योगदान गर्दै आएको कार्य अत्यन्तै सराहनिय रहेको बताउनु भयो ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य श्री रोशन भोयद्यो र भक्तपुर लायन्स सेवा समन्वय समितिका संयोजक श्री विष्णु भक्त मारिखुले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो क्रममा भक्तपुर चेम्बर अफ कमर्शका कोषाध्यक्ष श्री जगत बहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
यसैगरी उक्त कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शबाट प्रकाशित स्मारिका आर्थिक सम्वाह २०७८ को विमोचन कार्यक्रमका प्रमुख अतिथ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्री राजेन्द्र मल्ल र विशेष अतिथि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री रुद्रदेवी शर्माले संयुक्त रुपमा गर्नु भएको थियो ।
सोही अवसरमा भक्तपुर चेम्बर अफ कमर्श अन्तर्गत नगर इकाईका रुपमा जिल्लाका चारवटै नगरपालिकाहरुमा गठन भएको नगर चेम्बरका पदाधिकारीहरुलाई प्रमुख अतिथि श्री राजेन्द्र मल्लबाट मनोनयन पत्र प्रदान गर्नुभयो ।
जस अनुसार भक्तपुर नगर चेम्बरमा श्री रोधे सुन्दर साँयजु अध्यक्ष, श्री रस्मी सिल्पकार, उपाध्यक्ष र अन्य सदस्यहरुमा श्री न्हुछे राम धुख्वा, श्री बाल मुकुण्ड प्रधान र श्री विजय हाछेथु रहनु भएको छ । यसै गरी चांगु नारायण नगर चेम्बरमा श्री गोकुल प्रसाद प्रजापति, अध्यक्ष, श्री सुनिता जोन्छें धौभडेल, उपाध्यक्ष र अन्य सदस्यहरुमा श्री विक्रम प्रजापति, श्री जीवन मारिखु र श्री रमेश ह्यौमिखा रहनु भएको छ । त्यस्तै सूर्यविनायक नगर चेम्बरमा श्री राम गोपाल सुवाल, अध्यक्ष, श्री सुचित्रा श्रेष्ठ, उपाध्यक्ष र अन्य सदस्यहरुमा श्री रवि नारायण कायष्ठ, श्री नानी बाबु थापा र श्री कृष्ण सदन अवाल रहनु भएको छ । मध्यपुरथिमि नगर चेम्बरमा श्री सचिन्द्र श्रेष्ठ, अध्यक्ष, श्री उषा प्रजापति, उपाध्यक्ष र सदस्यहरुमा श्री पुष्प लाल मानन्धर, श्री रविन्द्र कुमार श्रेष्ठ र श्री प्रविन लाल श्रेष्ठ, सदस्य रहनु भएको छ ।
सोही अवसरमा भक्तपुर चेम्बर अफ कमर्शको कार्यसमिति सदस्यमा मनोनित हुनु हुने श्री माधव प्रसाद प्रजापति, श्री ज्ञानेन्द्र मानन्धर र श्री सुरेन्द्र जाकीबन्जारलाई प्रमुख अतिथि श्री राजेन्द्र मल्लले मनोनयन पत्र र चेम्बरको पिन हस्तान्तरण गर्नु भएको थियो ।
स्वागत
४ असोज २०७८
भक्तपुर जिल्लामा नयाँ कार्यकालका लागि आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्मालाई भक्तपुर चेम्बर अफ कमर्शले भक्तपुरमा स्वागत गरेको छ । भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धर, नेपाल चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बरका सल्लाहकार श्री रोशन भोयद्यो, भक्तपुर चेम्बरका कार्यसमिति सदस्य श्री गोकूल प्रसाद प्रजापति लगायतले फूलको गुच्छा, खाडा र मायाको चिनो सहित प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्नु भएको थियो ।
स्वागत सम्मान ग्रहण गर्नु हुँदै प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माले जिल्लाको आर्थिक समाजिक विकासको कार्यमा प्रशासन र चेम्बरबीच आपसी सहकार्य मजबुट हुने बताउनु भयो । यसैगरी वहाँले भक्तपुर जिल्लालाई मुलुककै उत्कृष्ट जिल्ला बनाउने लक्ष्य सहित कार्य गर्ने बताउनु हुँदै सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको पनि बताउनु भयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बरका सल्लाहकार श्री रोशन भोयद्योले भक्तपुर जिल्लाको विकासमा नेपाल चेम्बर अफ कमर्शले समेत सहकार्य गर्दै आएको बताउनु भयो ।
त्यस्तै भक्तपुर चेम्बरका कार्यसमिति सदस्य श्री गोकुल प्रसाद प्रजापतिले व्यवसायीले आर्थिक गतिविधिका साथसाथै सामाजिक कृयाकलापहरु पनि गर्दै आएको बताउनु हुँदै भक्तपुर चेम्बरले गर्दै आएका सामाजिक गतिविधिहरुका बोरेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनु भएको थियो ।
धन्यवाद पत्र
१८ भाद २०७८
कोभिड १९ बाट मृत्यु भएकाहरुको शव ब्यवस्थापनका लागि प्रयोग हुने शव वाहनको मर्मत सम्भार गराइ शव ब्यवस्थापनमा पुर्याएको सहयोग स्वरुप जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट भक्तपुर चेम्बर अफ कमर्शलाई “धन्यवाद पत्र“ प्रदान गरिएको छ ।
अन्तर्कृया कार्यक्रम
२० साउन २०७८
भक्तपुर चेम्बर अफ कमर्श र नेपाल अडिटर्स एसोसियसनको संयुक्त आयोजनामा ब्यवसायिक करका विविध पक्षहरुका बारेमा अन्तर्कृया कार्यक्रम सम्पन्न ।
व्यवसायिक सुरक्षाका विषयमा भक्तपुरमा अन्तरक्रिया आयोजना
१७ साउन २०७८
भक्तपुर चेम्बर अफ कमर्स, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर रेडिमेड व्यापार संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीग संघ, भक्तपुर सौन्दर्यकला व्यवसायी संघ र भक्तपुर लेडि जेसिज्को संयुक्त आयोजनामा आज व्यवसायिक सुरक्षामा प्रहरी र व्यवसायीको भूमिका विषयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
जुम प्रविधिबाट भएको उक्त अन्तरक्रिया कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक श्री शिव कुमार श्रेष्ठले व्यवसायिक क्षेत्रमा हुने गरेका अपराधिक घटनाहरुबाट बच्नका लागि व्यवसायीहरु सुसुचित बन्नु पर्नेमा जोड दिनु भयो । यसैगरी वहाँले अपराध नियन्त्रणमा प्रहरी एक्लैले सम्भव नभएको र यसका लागि समुदायका सबै निकायहरुको साथ सहयोग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले व्यवसायिक सुरक्षा उद्यमी व्यवसायीको प्रमुख मुद्दा भएको र घटना घटी सकेपश्चात अपनाउनु पर्ने प्रक्रियाहरुमा अनभिज्ञ हुंदा दोषी कारबाहीको दायराबाट उम्किन सफल भएको बताउनु भयो । यसैगरी वहाँले व्यवसायिक क्षेत्रमा हुने गरेका अपराधिक घटना न्यूनिकरणका लागि व्यवसायिक एकटा अत्यावश्यक रहेकोमा पनि जोड दिनु भयो ।
सो अवसरमा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुहुदै भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष श्री माधव प्रसाद प्रजापतिले व्यवसायिक क्षेत्रमा हुने गरेका चोरी, ठगी र लुटपाटजस्ता घटनाहरुलाई न्यूनिकरणमा सहयोग पु¥याउने हेतुले कार्यक्रमको आयोजना भएको बताउनु भयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै भक्तपुर सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष श्री समिता ध्वजूले कोरोना संकटका कारणले सबैलाई आर्थिक संकट परिरहेको अवस्थामा चोरी, ठगी र लुटपाटका घटनाहरु झनै बढन सक्ने सम्भावना रहेको बताउनु भयो । साथै यस्ता खालका अपराधहरु महिला उद्यमी व्यवसायी मात्रै हुने स्थानमा झनै हुने गरेको कारणले गर्दा महिला उद्यमी व्यवसायीहरु बढि सतर्क हुनु पर्नेमा जोड दिनु भयो ।
सो क्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय कार्यसमिति सदस्य श्री रोशन भोयद्यो, भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष श्री कविदास धौबजी, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीग संघका अध्यक्ष श्री सचिन्द्र श्रेष्ठ लगायत सहभागीहरुबाट व्यवसायिक सुरक्षाका विविध पक्षमा आ–आफ्ना भनाईहरु राख्नु भयो ।
शुभ कम्प्यूटरको प्रायोजन रहेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी व्यवसायी र समाजसेवीहरुको सहभागिता रहेको थियो
स्वागत
१५ साउन २०७८
राष्ट्रिय पुन निर्माण प्राधिकरण भक्तपुरका प्रमुख श्री रमा मानन्धरलाई भक्तपुर चेम्बर अफ कमर्शमा स्वागत । सो अवसरमा श्री रमा मानन्धर र चेम्बर का प्रतिनिधि बिच “भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुन निर्माणमा निजी क्षेत्रको भूमिका “का बिषयमा छलफल भएको थियो । सो अवसरमा कमेरोटार जग्गा एकिकरण आयोजनाका आयोजना प्रमुख वरिष्ठ ईन्जिनियर श्री सत्य सुन्दर श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
स्वागत कार्यक्रम
२१ असार, २०७७
महानगरिय प्रहरी परिसर भक्तपुरको नयाँ कार्यकालका लागि आउनु भएका प्रहरी उपरिक्षक श्री शिव कुमार श्रेष्ठलाई जिल्लाका उद्यमी व्यवसायीका तर्फबाट स्वागत गर्ने क्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुच्छे रत्न मानन्धर साथमा संस्थाका अन्य पदाधिकारी र कार्यसमिती सदस्यहरु । सो अबसरमा जिल्ला को आर्थिक सुरक्षा का बिषयमा प्रहरी प्रशासन र भक्तपुर चेम्बर अफ कमर्श को आपसी सहकार्य मा गर्न सकिने कार्यहरुका बिषयमा छलफल भएको थियो ।
स्वागत कार्यक्रम
१६ असार, २०७८
भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुच्छेरत्न मानन्धरबाट भक्तपुर बिद्युतिय सामाग्री ब्यावसायी संघका अध्यक्ष श्री माधब प्रसाद प्रजापतिको नेतुत्वमा चेम्बर सचिवालयमा आएको पदाधिकारीहरुको टोलीलाई स्वागत गर्नुहुदै । सो अवसरमा दुई सस्था विच आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।
राजस्व सम्बन्धि अन्तर्कृया
३ असार, २०७८
भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर घरेलु तथा साना उद्योग संघको संयुक्त तत्वावधानमा राजस्व सम्बन्धि अन्तर्कृया कार्यक्रमको आयोजना भयो । जुम प्रविधिबाट भएको उक्त अन्तकृया कार्यक्रममा आ.ब. २०७८।७९ को बजेटमा भएका ब्यवस्था र कर छुटका बिषयमा जानकारी गराईएको थियो । कार्यक्रममा उद्यमी ब्यावसायीहरुको जिज्ञासालाई आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख श्री गगन कुमार वि.क. तथा कर अधिकृत श्री राज कुमार पोखरेलले समाधान गर्नु भएको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्य श्री रोशन भोयोद्यो, भक्तपुर चेम्बर का अध्यक्ष श्री न्हुच्छे मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्री प्रेम खर्बुजा लगायतका ब्यावसायीहरुको सहभागिता रहेको थियो ।
भक्तपुरमा ‘कोभिडसंग लड्छौं’ अभियान
२६ जेष्ठ २०७८
भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर जिल्लाका सबै लायन्स क्लबहरु मिलेर कोभिड विरुद्वको अभियान संचालन गरिएको छ । ‘कोभिडसंग लड्छौं, हामी सेवा दिन्छौं’ भन्ने नारा सहित सेवा परमो धर्म अभियान संचालन गरिएको थियो । अन्य सहयोगि सस्थाहरुमा जिल्ला प्याव्सन, भक्तपुर डाक्टर सोसाईटी, भक्तपुर बिद्युतिय सामाग्री ब्यावसायी संघ, नेपाल नर्सिङ संघ, सिबिआर भक्तपुर, भक्तपुर हार्ट एण्ड डायवेटिक सेण्टर,निरोग मेडिकल केयर एण्ड होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ, त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था आद िसं.थाको समेत सहयोग रहेको थियो ।
भक्तपुर चेम्वर अफ कमर्सका अध्यक्ष न्हुछे मानन्धरले अभियानअन्तर्गत आइसोलेसनमा निःशुल्क खाना व्यवस्था, स्वास्थकर्मीका लागि क्वारेन्टाइन सञ्चालन, प्रविधिबाट सचेतना अभियान, निःशुल्क डाक्टर परामर्श सेवा, अक्सिजन सहजीकरण, २४ सै घण्टा निःशुल्क एम्वुलेन्स सेवा, जनचेतनाका लागि माइकिंग कार्यक्रम लगायत गर्दै आएको जानकारी दिए।
घरैमा बसी स्वास्थ्यलाभ लिइरहेका कोभिड १९ का विरामीलाई फोन सम्पर्कमार्फत् निःशुल्क रुपमा विशेषज्ञ डाक्टरमार्फत् परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। अहिलेको अवस्थामा अक्सिजनको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले ४० लिटरका अक्सिजनसहितको सिलिण्डर प्रत्येकलाई ५ वटाका दरले क्रमशः भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाअन्तर्गत सञ्चालित नेपाल कोरिया अस्पताललाई सहयोग हस्तान्तरण गरेको छ । विशेषगरी कोभिड १९ का विरामीलाई सहजरुपमा अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क रुपमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ।
यस संयुक्त अभियानलाई सार्थक बनाउन दुवै संयोजक संस्थाका प्रतिनिधि रहने गरी एक संयुक्त विपद कोषसमेत खडा गरिको छ। कोषको संयोजकमा कविदास श्रेष्ठ छन्। यसैगरी अभियानको प्रचारप्रसारका लागि प्रचारप्रसार समितिसमेत गठन गरिएको छ। अभियानअन्तर्गत नै भक्तपुर लायन्स सेवा समन्वय समितिका तर्फबाट भक्तपुर नगरपालिकाबाट निर्माणाधीन अक्सिजन प्लान्टका लागि तीन लाख आर्थिक सहयोगसमेत प्रदान गरिएको छ । विपद कोषमा संयोजक संस्थाहरुका पदाधिकारी, कार्यसमिति सदस्य एवं साधारण सदस्यहरुबाट लगायत विभिन्न सहयोगी संघसंस्थाहरुबाट आर्थिक भौतिक सहयोग प्राप्त भएको थियो ।
आईसोलेसन सेण्टर संचालमा सहयोग
२४ बैशाख २०७८
चांगुनारायण नगरपालिकाद्वारा संचालित कोभिड १९ आईसोलेसन सेण्टरमा भक्तपुर चेम्बर अफ कमर्सको समेत सहयोग रहेको थियो । संचालनमा आईपर्ने श्रम, निशुल्क खाना लगायत अन्य विविध बिषयमा सहयोग रहेको अध्यक्ष श्री न्हुच्छेरत्न मानन्धरले जानकारी दिनु भयो । पचास सैयाको उक्त आईसोलेसन सेण्टरमा निशुल्क डाक्टरी सेवा, अक्सिजन सहजिकरण, एम्बुलेन्स सुविधा आदि समेत रहेको थियो ।
निशुल्क एम्बुलेन्स सेवा
१७ चैत्र, २०७७
भक्तपुर चेम्बर अफ कमर्सले कोभिड १९बाट संक्रमित सर्वसाधारणको सुविधाका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको थियो । भक्तपुर लायन्स समन्वय सेवा समितिद्वारा संयुक्त रुपमा संचालित यस सेवालाई उपत्यकाका तिन वटै जिल्लामा प्रभावकारी संचालन गरिएको थियो ।
रगत संकलन अभियान
२० चैत्र, २०७७
चांगुनारायण भक्तपुरको मध्यपुर स्थित निखपु, क्वालाखु , सुर्यविनायक टुरिष्ट प्रवेश द्वार क्षेत्रलगायत भक्तपुरका विभिन्न सात स्थानमा सप्ताहब्यापी रक्तदान कार्यक्रमको आयोजना गरियो । कोरोना महामारीमा हुनसक्ने रक्त अभावलाई मध्यनजर राखि ब्लड डोनर्स एसोसियन नेपालको आयोजना र भक्तपुर चेम्बर अफ कमर्स र लायन्स क्लब अफ भक्तपुरको समन्वय तथा रेडक्रसको प्राविधिक सहयोगमा संचालन भएको उक्त कार्यक्रममा नब्बे पिण्ट रगत संकलन गरी हस्तान्तरण गरिएको थियो । लकडाउनको समयमा रक्त अभाव हुन नदिन रक्तदाता समेतलाई रगत दानका लागि उत्प्रेरित गर्नु चुनौती रहेको चेम्बर अध्यक्ष श्री न्हुच्छ.रत्न मानन्धरले बताउनु भयो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np