फागुन २७, काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पु“जीगत खर्चमा सुधार गर्नका लागि समयवद्ध तालिका बनाउनुपर्ने बताउनुभएको छ । बजेट चालु खर्चमै सकिने तर पु“जीगत खर्चको सानो अंश पनि खर्च नहु“दा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको अध्यक्ष मल्लले बताउनुभयो ।
नेपाल तयारी पोसाक संघको वार्षिक साधारणसभामा अध्यक्ष मल्लले भन्नुभयो, ‘चालु आर्थिक वर्षको ८ महिनामा पु“जीगत खर्च २५ प्रतिशता सिमित छ, सरकारले गर्ने खर्चको कछुवागतीले आर्थिक गतिविधी अपेक्षित रुपमा बढ्न सकेको छैन, त्यसैले पु“जीगत खर्च समयमै सम्पन्न गर्नका लागि पूर्वाधार विकास आयोजनामा समयमै सम्पन्न गर्नेगरी समयतालिका निर्धारण गर्न आवश्यक छ, ।’
सरकारले पु“जीगत खर्च समयमै गर्न नसक्दा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गम्भिर असर परेको अध्यक्ष मल्लको भनाई छ । सरकारले आगामी आर्थिक वर्षमा खर्च क्षमता अनुसारको विकास आयोजना छनोट गर्नुपर्ने उहा“को भनाई छ ।
अध्यक्ष मल्लले आगामी बजेट रोजगारी सिर्जना, उत्पादन वृद्धि मार्फत निर्यात प्रर्वद्धन, एवं औद्योगिक क्षमता विस्तार गर्ने खालको ल्याउनुपर्नेमा जोड दिनुभयो ।
आयातलाई व्यवस्थित गरी निर्यातलाई प्रर्वद्धन गर्नका लागि स्थानीय उत्पादन वृद्धि हुने क्षेतमा बजेटलाई विनियोजन गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो ।
बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको लक्ष्य एकै हुनुपर्ने |
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np