अन्तर्राष्ट्रिय व्यापार वा भन्सार जाँचपाससँग सम्बन्धित अनुमतिपत्र, इजाजत, प्रमाणपत्र र अन्य (License, Permit, Certificate and Others-LPCO) निवेदनको लागि नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window-NNSW) मार्फत कार्यान्वयनमा ल्याउन भन्सार ऐन २०६४ को दफा ८९ (ङ) र भन्सार (बाह्रौ संशोधन) नियमावली, २०७८ को नियम ६६(च) बमोजिम निकासी पैठारीकर्ताले यस च्याम्वरमा पेश गर्ने कागजातहरू विद्युतीय स्वरूपमा स्वीकार गर्न वा विद्युतीय माध्यमबाट कुनै दस्तुर वा रकम बुझ्न मिति २०७८।०८।०५ को निर्णयानुसार एकद्वार प्रणालीको पोर्टल (Portal) www.nnsw.gov.np बाट आवेदन गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशन गरीएको छ।
सम्पर्क ठेगानाः
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np