
२०७८ भाद २
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले कार्य समिति उपाध्यक्ष श्रीमति उर्मिला श्रेष्ठको सभापतित्वमा गठित नेपाल महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरुलाई मनोनयन पत्र प्रदान गर्नु भयो । नव गठित नेपाल महिला चेम्बरको महा सचिवमा श्रीमति लिमा अधिकारी तथा कोषाध्यक्षमा श्री चारु सिखारिया तथा सल्लाहकारहरुमा क्रमश श्री अन्जना ताम्राकार, श्री सान्ती लक्ष्मी शाक्य, श्री निलम ताम्राकार, श्री सोफी उपाध्याय, तथा सदस्यहरुमा क्रमस श्री राजलक्ष्मी सिंह, श्री जानकी प्रधान श्रेष्ठ, श्री कोहिनुर श्रेष्ठ, श्री स्वरुपा श्रेष्ठ, श्री रज्जु तण्डुकार, श्री विना प्याकुरेल, श्री कल्पना देवि पिया श्रेष्ठ, श्री अदिति गोयल, रहनु भएको छ । उतm अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हाशिल गर्न सकिने भएकाले नव गठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । नव गठित समितिमा महिलाहरुको आर्थिक सशतmीकरण अभियानमा अनुभव हाशिल गर्नु भएका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधित्व भएकोले नेपाल महिला चेम्बरको रचनात्मक कार्यमा योगदान प्राप्त हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नु भयो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np