२०७८ असार २२ नेपाल चेम्वरका अध्यक्ष श्री राजेन्द्र मल्लले नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित पूजी बजार प्रवद्र्धन समितिका मनोनित सदस्यहरुलाइ मनोनयन पत्र प्रदान गर्नु भयो । उक्त अवसरमा चेम्वरका अध्यक्ष श्री मल्लले नेपालको पुंजी बजार नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार भएकोले यस क्षेत्रमा स्वस्थ प्रतिस्पद्र्धा हुन अति आवश्यक भएको बताउनु हुंदै मनोनित सदस्यज्यूहरुले यस क्षेत्रमा लामो अनुभव हाशिल गर्नु भएकाले पुंजी बजार प्रवद्र्धनको लागि मनोनित हुनु भएका पदाधिकारी तथा सदस्यज्यूहरुबाट उल्लेखनीय भूमिका निर्वाह हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नु भयो । चेम्वर कार्य समिति सदस्य श्री राम श्रेष्ठको सभापतित्वमा गठित पुंजी बजार प्रवद्र्धन समितिमा सह सभापतिमा श्री धु्रव तिमिल्सिना,र अन्य सदस्यहरुमा श्री सन्तोष मैनाली अध्यक्ष ब्रोकर एसोसिएसन, श्री मेख वहादुर थापा अध्यक्ष मर्चेण्ट व्रोकर एसोसिएसन, श्री नबिन लाल श्रेष्ठ, श्री राजकुमार तिमिल्सिना श्री मधुसुदन पाठक, श्री घनश्याम पौडेल, श्री एक नारायण शर्मा रहनु भएको छ ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np