२०७८ साउन २०
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष श्री बिष्णु कुमार अग्रवाल तथा परिसंघका पदाधिकारीहरुको सम्मानमा चेम्वर भवनमा आयोजित कार्यक्रममा स्वागत गर्नु भयो । उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको साझा एजेण्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताउनु भयो । विश्वव्यापी महामारीको रुपमा फैलिएकोकोरोना महामारीका कारण गत वर्षदेखिनै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको छ । कोभिडको पहिलो तथा दोस्रो लहरको संक्रमणले लामो समय सम्म लकडाउन भइ अर्थतन्त्रले थप क्षति बेहोर्नु परिरहेको सर्व बिदितै छ । खुलाबजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुन्छ । अर्थतन्त्रलाइ पुनस्र्थापित गर्नका लागि खोपलाइ प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरु वीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक रहेको बताउनु भयो । अध्यक्ष मल्लले निजी क्षेत्रसंग सम्वन्धित व्यवसायीक सामाजिक उत्तरदायित्व कोष लगायत कतिपय बिषयहरु सम्वोधन हुन सकेको छैन यसका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था वीच एकताको आवश्यकता रहेको बताउनु भयो । नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णु कुमार अग्रवालले नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित स्वागत कार्यक्रमको लागि धन्यवाद व्यक्त गर्नु हुंदै आजको यस कार्यक्रमले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था वीच एकताको सन्देश दिएको बताउनु भयो र बिगतमा निजी क्षेत्रका तीन वटै प्रतिनिधिमूलक संस्थाहरुले कतिपय सवालहरुमा साझा अवधारणाहरु प्रस्तुत गरेका उदाहरणहरु छन जुन धेरै प्रभावकारी भएको बताउनु भयो । अध्यक्ष श्री अग्रवालले बिभिन्न व्यवसायहरु वीच मतमतान्तर हुनु स्वाभाबिक भएता पनि हामी मुलुकको आर्थिक बिकासको सवालमा एउटै मत रहेको बताउनु भयो । निजी क्षेत्र प्रतिको नकारात्मक धारणालाइ मेटाउन आजको आवश्यकता रहेकोले यसका लागि हामी एक जुट भएर अगाडी वढ्नु पर्ने वेला आएको बताउनु भयो । सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्षहरु श्री कृष्ण प्रसाद अधिकारी, श्री राजेश कुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, श्री राजवहादुर शाह, श्री हेमराज ढकालको उपस्थित रहेको थियो र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल, उपाध्यक्षहरु, श्रीमती उर्मिला श्रेष्ठ, श्री दीपक श्रेष्ठ, श्री सुरेन्द्र कुमार श्रेष्ठ, श्री त्रिभुवनधर तुलाधर तथा चेम्वर प्रचार प्रसार समितिका सभापति श्री सन्तोष कुमार पाण्डेकोउपस्थिति रहेको थियो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np