२०७८ भाद्र २५
नेपाल चेम्वर अफ कमर्सद्धारा नेपाल आर्थिक पत्रकार समाज (सेजन)कार्य समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सम्मानमा आज स्वागत कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ वधाई तथा कार्यकालको सफलताको कामना गर्दै आर्थिक क्षेत्रमा काम गर्ने पत्रकारहरुले निजी क्षेत्रका चुनौति तथा समस्या वारे सदैव पैरवी गरी रहेको र समाचार माध्यममा आर्थिक एजेण्डाले प्राथमिकता पाएको बताए । आर्थिक समृद्धिको सवालमा हाम्रो समान अवधारणा भएकोले आर्थिक पत्रकारिता र निजी क्षेत्र एकै रथका दुइ पांग्रा भएको बताउनु हुंदै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने र निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाइ टेवा दिने हुनाले निजी क्षेत्र तथा मिडिया को सहकार्यबाट नै निजी क्षेत्रका समस्याहरु सम्वोधन हुने बताउनु भयो । निजी क्षेत्रको जायज मागलाइ सदैव समाचार सम्प्रेषण गरि दिन समेत आग्रह गर्नु भयो । अध्यक्ष मल्लले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण भएमा निजी क्षेत्रको मनोवल पनि वढन जाने बताउनु भयो ।
उक्त अवसरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष श्री जनार्दन वरालले नेपालको सवै भन्दा जेष्ठ संस्था नेपाल चेम्वर अफ कमर्सले नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारी तथा सदस्यहरुलाइ स्वागत गरेकोमा आभार व्यक्त गर्नु हुंदै सेजनको उद्धेश्यबारे प्रकाश पार्नु भयो । सेजनका अध्यक्ष श्री जनार्दन वरालले सेजन आर्थिक पत्रकारिता क्षेत्रको सवै भन्दा पुरानो संस्था भएको बताउनु हुंदै सेजन सदैव स्वच्छ व्यवसाय प्रवद्र्धनको पक्षधर भएको र निजी क्षेत्रको सम्वद्र्धनको लागि पनि सुरु देखिनै पैरवी गर्दै आएको बताए । सेजन, पारदर्शिता बिकासका लागि सदैव सचेत रहेको बताउनु भयो । संबिधान जारी भए पश्चात राजनीतिले मार्ग निर्धारण गरी सकेकोले अवको प्राथमिकता आर्थिक समृद्धि भएकोले निजी क्षेत्रको बिकास हुनु अति जरुरी छ । अत: निजी क्षेत्रको प्रवद्र्धन तथा स्वच्छ व्यवसायको बिकासको लागि सेजन नेपाल चेम्वर अफ कमर्स चेम्वरसंग सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो । उक्त अवसरमा सेजनका अध्यक्ष श्री जनार्दन बराल, उपाध्यक्ष श्री सुजन ओली महासचिव श्री भागवत भट्टराई सचिव श्री हिमाल पौडेल कोषाध्यक्ष श्री लक्ष्मी सापकोटा सदस्यहरु श्री सोभित थपलिया सदस्य श्री अच्युत पुरी सदस्य. श्री इशारा कोईराला श्री अमर बडुवाल श्री सिबि अधिकारी तथा चेम्वरका उपाध्यक्ष श्री दीपक श्रेष्ठ तथा श्री त्रिभुवनधर तुलाधरको पनि उपस्थिति रहेको थियो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np