७ फागुन, २०७८
नमोबुद्ध चेम्बर अफ कमर्स, काभ्रेको दोश्रो साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथि अध्यक्ष मल्लले पानसमा दीप प्रज्वलित गरी कार्यक्रम उद्घाटन गर्नु भएको थियो । नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण गर्नुहुदै उहाले देशको अर्थतन्त्रलाई माथी उकास्न र ब्यापार घाटा सन्तुलनमा ल्याउन नेपालमा निर्यातलाई प्रवर्धन गर्नु पर्दछ र नेपालको निर्यात अबको दिनमा कृषिमा आधारीत रहनु पर्दछ र यसलाई अब सबै चेम्बरहरु संगठित भई लाग्नु पर्दछ भन्ने बताउनु भयो ।
दोश्रो साधारण सभाले अध्यक्ष पदमा श्री बिदुर प्रसाद बर्तौला, बरिष्ठ उपाध्यक्षमा श्री भाईराजा श्रेष्ठ, उपाध्यक्षहरुमा क्रमशः श्री रामहरी आचार्य, श्री उत्सव अधिकारी, श्री पेमासाङ लामा, महासचिवमा श्री बिदुर भण्डारी, सचिवमा श्री दिल दोर्जे लामा, कोषाध्यक्षमा श्री हरिराम खनाल, सदस्यहरुमा क्रमशः श्री कृष्ण प्रसाद ओझा, श्री ज्ञान बहादुर लामा र श्री रिजन हमाल चयन हुनुभएको छ । त्यसैगरी सल्लाहकारमा श्री कुन्साङ लामा, श्री श्रीराम अधिकारी र केशब बहादुर रायमाझी रहनु भएको छ
सभापतिको आसनबाट बोल्नु हुदै नमोबुद्ध चेम्बरका अध्यक्ष बिदुर प्रसाद बर्तौलाले भकुण्डेवेशि क्षेत्रमा मालसमान ढुवानीका लागि मालबाहक ठुला ट्रक, लहरी ल्याउन नपाउने ब्यवस्थाले गर्दा ब्यापारी बर्ग मारमा पर्ने गरेको र यसबाट ढूवानी लागत बढ्न गएको हुदा सो क्षेत्रमा यो निर्णय फुकुवा हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुच्छेरत्न मानन्धर, रोशि गाउपालिका अध्यक्ष श्री डिबि लामा, नमोबुद्ध नगरपालिका वार्ड नं. ७ का अध्यक्ष श्री धर्मसिंह लामा लगायतले नवनिर्बाचित कार्यसमितिलाई सफलताको लागि शुभकामना मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक श्रेष्ठ, सदस्य रोशन कुमार भोयोद्यो समेतको उपस्थिती रहेको थियो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np