
शाखा समिति गठन
२२ साउन २०७८
डोटी चेम्बर अफ कमर्स को नयाँ शाखा जोरायल गाउँ पालिका वडा नं २ बुडर मा जोरायल चेम्बर अफ कमर्स को शाखा समिति गठन भएको छ
सहयोग
११ भदौ–२०७७
अछामको रामारोशन गाउँपालीकास्थीत सैनीबजारमा रहेको कैलाश खोलामा अबीरल बर्षासँगै आएको बाढीबाट प्रभावित परिवारलाई डोटी चेम्बर अफ कर्मशले सहयोग गरेको छ ।
बाढीका कारण धनजन गुमाएका प्रभावित परिवारका लागी डोटी चेम्बर अफ कर्मशले २५ हजार नगद सहयोग गरेको हो । चेम्बर अफ कर्मशका अध्यक्ष खगेन्द्र साउँद (के.बी) ले बाढीले गरेको धनजनको क्षतीप्रति दुःख व्यक्त गर्दै राहत स्वरुप सहयोग गरेको बताए । ‘छिमेकी जिल्लामा बाढीले त्यत्रो क्षती गरेको छ’ उनले भने ‘एकअर्कालाई सहयोग नगरे हामी छिमेकी भएको अस्तीत्व रहदैन, त्यसैले चेम्बरको तर्फबाट गर्न सकिने सहयोग हामीले गरेका हौ ।’
बिहिबार दिपालय पिपल्लास्थीत चेम्बरको कार्यालयम एक कार्यक्रमको आयोजना गरि मिडिया कर्मी तथा युट्युवर विरेन्द्र धामी नेतृत्वको टोलिलाई चेम्बरका अध्यक्ष खगेन्द्र साउँद (के.बी) ले चेक हस्तान्तरण गरेका हुन । भाद्र २ गते राति अछामको रामारोशन स्थित कैलास खोलामा आएको बाढिले सैनिबजार क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो । बाढि तथा पहिरोमा परेर स्थानिय १२ जनाले ज्यान गुमाएका थिए भने ५ जना अझै बेपत्ता रहेका छन । ज्यान गुमाउने तथा प्रभावित हुनेहरुमा अधिकांस व्यापारी थिए ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np