१८ मङ्सिर २०७८
दमक चेम्वर अफ कमर्सका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ । अध्यक्षमा राजेन्द्र कुमार ढकाल, उपाध्यक्ष अजय अग्रवाल, सचिव राम रिमाल , सह–सचिव चन्द्रमाया निरौला(जमुना) र कोषाध्यक्षमा सन्दिप साहेवालाको सपथ ग्रहण गराइएको थियो ।
सपथ ग्रहण गर्ने सदस्यहरुमा मैयादेवी आचार्य, सम्भु प्रसाद खतिवडा(रमेश), यमनाथ पाठक, नविन सेडाई , खेम सापकोटा र राजकुमार गुप्ता पनि रहनु भएको छ । । विभिन्न बस्तुगत सघंहरु पनि तयार पार्दै दमकका हरेक क्षेत्रका उद्यमी तथा व्यवसायीलाई समेटिने कार्यक्रममा बताइएको छ ।
कृषि उद्यमी बन्न जोड
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका उद्यमीहरुले आन्तरिक उत्पादन वृद्धि गर्नु पर्नेमा जोड दिनु भएको छ । दमक चेम्वर अफ कमर्सको सपथ ग्रहण कार्यक्रममा बोल्दै मल्लले नेपालमा कृषि क्षेत्रमा अव उत्पादन बढाउनु पर्ने बताउनु भयो ।
सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गरेको हुँदा अव उद्योगीहरुले कृषिसँग सम्बन्धित उद्योगहरुको स्थापना गरिनुपर्ने बताउनु भयो ।
हरेक जिल्लामा के उत्पादन हुन्छ तत् तत् ठाउँका त्यस उत्पादन सम्बन्धीका बिज्ञहरुसँग परामर्ष गर्दै योजना बनाएमा आफुहरुले प्रविधि र अन्य प्राविधिक सहयोग गर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
इजरायल , जापान जस्ता देशमा प्रयोग भएका कृषि सम्बन्धीका ज्ञानहरु नेपाली समुदायमा स्थापीत गर्न नेपाल चेम्वर अफ कमर्सले सहयोग गर्ने र अन्य देशका विकसीत प्रविधिलाई पनि आफुहरुले नेपालमा स्थापीत गराउने भन्दै मल्लले नेपाली उत्पादनमा लाग्न सबै उद्योगी र तथा व्यवसायीहरुलाई आग्रह गर्नु भएको हो । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष दिपक कुमार मल्होत्रा, सदस्य सन्तोष पाण्डे प्रदेश १ चेम्वर अफ कमर्सका अध्यक्ष, झापा र मोरङका जिल्ला अध्यक्षहरु लगायतको उपस्थित रहेको थियो ।
चेम्बर अफ कमर्स दमकको गठन
१८ असोज २०७८
झापामा चेम्बर अफ कमर्स दमक गठन भएको छ । गठनसँगै चेम्बर अफ कमर्स दमकले गत १३ गते कानुनी मान्यता प्राप्त गरेको हो ।
चेम्बर अफ कमर्स दमकको संस्थापक अध्यक्षमा राजेन्द्रकुमार ढकाल चयन हुनुभएको छ । उपाध्यक्षमा रामचन्द्र बराल, सचिवमा अजय अग्रवाल, सहसचिवमा दिपक खरेल, कोषाध्यक्षमा चन्द्रमाया निरौला रहनु भएको छ ।
त्यस्तै, सदस्यमा ख्यामनाथ सापकोटा, संदिप साहेवाला, यामनाथ पाठक, मैयादेवि आचार्य, शम्भुप्रसाद खतिवडा, राजकुमार गुप्ता चयन भएका छन् । उक्त समितिको पदस्थापना कार्यक्रम दशैं पछि गरिने झापाका संस्थापक अध्यक्ष तथा प्रदेश उपाध्यक्ष सन्तोस अग्रवालले जानकारी गराउनुभयो ।
चेम्बर अफ कमर्श झापाले कनकाई, अर्जुनधारा र मेचीनगरमा यसअघि नै गठन गरिसकेको झापा अध्यक्ष ओम विमलीले बताउनु भयो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np