
१८ असोज २०७८
चेम्बर अफ कमर्स पहाडी क्षेत्रका विभिन्न संस्थाहरुलाई मास्क तथा सेनिटाईजर विरतण गरेको छ । कोभिड नियन्त्रणको लागि सामाजिक उत्तरदायित्व अन्तरगत निरन्तर रुपमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको झापा चेम्बर अफ कमर्सले तेह्रथुम, आठराई संग्रान्ती बजारमा रहेको इलाका स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी वेस क्याम्प र तेह्रथुम बहुमुखी क्याम्सलाई ५ हजार थान मास्क, सेनिटाईजर विरतण गरेको चेम्बर अफ कमर्स झापाका अध्यक्ष श्री ओमकृष्ण विमलीले जानकारी दिनुभयो ।
प्लाज्मा दान अभियानमा सहयोग
२५ बैैशाख, २०७८
बिर्तामोड । चेम्बर अफ कमर्स झापा, इमजेन्सी रेस्पोन्स सेन्टर, न्याय तथा बिकासका लागि सामाजिक संजाल को सहयोगमा सुरूवाती कोठा नेपालको सहजीकरणमा कोरोना भाइरसबाट प्रभावित बिरामीको लागि प्लाज्मा रगत दान अभियान संचालन गरिएको थियो । यस अभियानबाट करिव साठि पिण्ट प्लाज्मा रगत संकलन भएको थियो .
खाध्यन्न तथा स्वास्थ्य सामग्री वितरण
१७ असार २०७८
चेम्बर अफ कमर्स झापाले मजदुरलाई माक्स तथा खाध्यान्न वितरण गरेको छ । बिर्तामोड नगरपालिका –१० का मजदुरलाई माक्स तथा खाध्यन्न वितरण गरेको हो । मजदुरलाई चामल तथा माक्स दिएको चेम्बर अफ कमर्स झापाका अध्यक्ष श्री ओमकृष्ण विमलीले बताउनु भयो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np