loader image
Close
  • 01-5330947
  • [email protected]
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
News

कृषिमा लागेका महिला उद्यमीहरुको फलताको कथा तथा अन्तर्कृया कार्यक्रम

By NCC 

२०७८ भाद्र २०

कृषिमा लागेका महिला उद्यमीहरुको प्रबर्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘सफलताको कथा तथा अन्तर्कृया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा लागेका महिला उद्यमीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन बृद्धि गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशील कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताउनु भयो । 

चेम्बर अध्यक्ष मल्लले विचौलियाका कारण उद्यमीहरुलाई मुल्य र बजारीकरणमा  समस्या उत्पन्न हुँदै आएकोले सामुहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवं बजारिकरण गर्न सहज हुने बताउदै जिल्लास्तरमा सानो स्केलमा सहकारी मार्फत र केन्द्रिय स्तरमा लिमिटेड कम्पनी मार्फत कृषि क्षेत्रमा काम गर्न पनि उनले सुझाव दिदै चेम्बरले व्यापार प्रबर्धनमा सघाउ पुर्याउने जनाउनु भयो । 

अध्यक्ष मल्लले कृषि पर्यटन र प्रविधिलाई जोडेर अघि बढनुपर्ने आवश्यकता औंल्याउदै भन्सार छुटमा ढुवानी साधनहरु खरिद गर्ने व्यवस्था सरकारले मिलाउनु पर्ने आवश्यकता रहेको धारणा समेत राख्नुभयो ।  साथै उनले महिला चेम्बरले पछिल्लो समय देखाएको सकृयताको प्रशंसा गर्दै नेपाल चेम्बरको तर्फबाट महिला चेम्बर नेतृत्वको मुक्तकण्ठले प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अनुभव साटासाटले राम्रा र नराम्रा दुवै पक्षलाई केलाउदै अघि बढदा एक अर्कामाथि परेको समस्या समाधान गर्दै र सहज रुपमा अघि बढन सघाउ पुग्ने राय पेश गर्नुभयो । अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुलाई सहजीकरण गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ब्राण्डिङ्, प्याकेजिङ, मार्केटिङ, वित्त व्यवस्थापन लगायतका प्रभावकारी कार्यक्रम गरिसकेको उल्लेख गर्दै स्टोरी टेलिङ र अन्तर्कृया कार्यक्रमले थप रुपमा महिला दिदी बहिनीहरुलाई प्रोत्साहन र बजार प्रबर्धन समेतमा मद्दत पुग्ने दाबी पेश गर्नुभयो ।  साथै उहाँले व्यापार, रुची र विज्ञताले पनि सफलता हासिल गर्न अहम भूमिका खेल्ने बताउदै महिला उद्यमीहरुलाई गोलबद्ध गराई प्रभावकारी कार्यक्रमको माध्यमबाट अन्य कार्यक्रममा समेत् जोड्दै जाने वचनबद्धता व्यक्त गर्नुभयो । 

कृषि विज्ञ डा दिपक शर्माले आफुले १० बर्ष देखी जडीबुटिको बिषयमा अध्ययन गरेको बताउदै नेपालले भारत र चीन मात्र नभई तेस्रो मुलुकमा समेत निर्यात गर्ने लक्ष्यका साथ गुणस्तरिय उत्पादन माथि केन्द्रित हुनुपर्ने बताउनु भयो ।  जडीबुटिजन्य सामाग्री उत्पादक एवं निर्यातकर्ता प्रेम तिवारीले सरकारबाट आवश्यक सहयोग नपाउदा जडीबुटिजन्य सामाग्रीको बजारीकरणमा समस्या हुँदै आएको उल्लेख गर्दै आफुले टिमुर र अलैचीको बिक्री गर्दै आएको र उक्त वस्तुहरु लोकल मार्केटमा भन्दा अन्तरास्ट्रिय बजारमा बढि बिक्री गर्ने गरेको जानकारी दिनुभयो । साथै उहाँले ल्याब नभएका कारण नेपाली उत्पादनलाई विदेशी बजारमा लैजान अप्ठयारो हुने गरेको र हाल विश्व बजारमा बेसारको राम्रो माग रहेको पनि जानकारी दिनु भयो । 

सफल चार महिला उद्यमीहरुले आफ्नो सफलताको कथा बारे अनुभव राखेका थिए । सो अवसरमा आफ्नो अनुभव राख्दै अदुवा लगायतका कृषिजन्य उत्पादनको बजारीकरण गर्दै आएकी महिला उद्यमी सुलोचना श्रेष्ठले आफुले कर्णाली लगायतका देशका विभिन्न ग्रामीण भेगका कृषक वर्गबाट उत्पादित अर्गानिक उत्पादनको बजारिकरण गर्दै आएको जानकारी दिदै उक्त उत्पादनहरुलाई अन्तरास्ट्रिय बजारमा पुर्याउन मापदण्डहरु पुरा गर्नुपर्ने भएकाले गुणस्तर माथि बढि ध्यान दिईने गरेको बताउनु भयो । साथै उहाँले आफुहरुले अर्गानिक उत्पादनका लागि पर्यावरणीय सन्तुलनमा समेत बिशेष महत्व दिदै आएको जनाउनु भयो किसानलाई विचौलियाहरुबाट ठगीनबाट जोगाउन सचेतनामुलक गतिविधीहरु गर्दै आएको र यसका लागि प्रभावकारी कार्यक्रम समेतको खाँचो महशुस गरी निकट भविस्यमा किसानको हितमा हुने गरि कार्यक्रम प्रस्तुत गर्ने लक्ष्य बोकेर अघि बढेको पनि उनले बताउनु भयो । मौरी पालक महिला उद्यमी सरिता भट्टराईले आफु दश बर्ष देखी मौरी पालनमा लागेको जानकारी दिदै लगन र अठोटका साथ कर्ममा तल्लीन भएकाले चुनौतीहरुको सहज रुपमा सामना गर्न सकेको बताउनु भयो  शिपका कारण  आफु अगाडि भएको महशुश गरेको र शुद्ध महको माग विश्व बजारमा अधिक रहेको उल्लेख गर्नुभयो । 

त्यसैगरि चिया उत्पादक महिला उद्यमी रुची शिवाकोटीले आफुहरुले उत्पादन गर्ने चियाको ३० प्रतिशत स्वदेशी बजार र ७० प्रतिशत भारतिय बजारमा खपत हुँदै आएको जानकारी दिदै चिया पत्तीहरु संकलन गर्दा ग्रेडका आधारमा बगानलाई शुल्क तिर्ने गरेको बताउनु भयो । उहाँले चियाको रङ् र लिक्करका आधारमा चियाको गुणस्तर मापन हुने र सोही अनुरुप मुल्य निर्धारण हुने जनाउनु भयो । चिया बिक्री गर्दा स्याम्पलिङ गरि क्रेताहरुलाई पठाउने गरेको पनि उनले उल्लेख गरिन । कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्दै नेपाल चेम्बर अफ कमर्सकी कार्यकारीणी सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले महिला चेम्बरले महिला उद्यमीहरुलाई एकत्रित गरि सामुहिक लगानीमा व्यवसाय संचालन गर्न चेम्बर नेतृत्वको सुझावलाई ग्रहण गर्दै अघि बढन गृह कार्यमा जुटने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रम माझ देशैभरबाट सहभागी महिला उद्यमीहरुले अन्तर्कृया सत्र माझ आ–आफ्नो अनुभव र समस्याहरु राखेका थिए भने वक्ताहरुले फ्लोरमा उठेका सवालको जवाफ दिएका थिए । 

कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्सकी कार्यसमिती सदस्य जानकी प्रधान श्रेष्ठले कार्यक्रममा उपस्थितीका लागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।  कार्यक्रममा बिशेष गरि बेसार,मौरि पालन तथा मह उत्पादन, कफि र चियाको ब्यावसायिक खेति गरेर नेपालको उत्पादनमुखि अर्थतन्त्रमा जोडिएका विभिन्न जिल्लाका सफल महिला उद्यमीहरु कार्यशाला तथा अन्तरक्रिया कार्यक्रममा जोडिएका थिए ।


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

आ.ब. २०७८/७९ को मौद्रीक नीतिको सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सको सुझाव
Previous Article
नेपाल आर्थिक पत्रकार समाज (सेजन)का नव निर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम
Next Article

Our goal of Making the trade sector competitive for economic development of Nepal has being going strong for 70 years.

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np

Locate Us

Facebook Twitter X-twitter Linkedin
Copyright © 2025 by Nepal Chamber of Commerce. All Right Reserved.
Design and developed by Portous Studio.