२०७८ जेठ १३
नेपाल सरकार गृह मन्त्रालय काठमाण्डौका प्रमूख जिल्ला अधिकारीबाट, नयां भेरियण्टको कोभिड(१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको हुंदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालै जारी भएको बिज्ञप्ति सम्वन्धमा नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको छ ।
उक्त बिज्ञप्ती अनुसार किराना पसलहरु वन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्युन आय भएका सर्वसाधारण उपभोक्ताहरुलाइ यस व्यवस्थाले मर्का पर्ने तथा किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल वन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्व साधारणलाइ सुलभ आपूर्ति नहुने भएकोले तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष नेपाल चेम्वर अफ कमर्स अनुरोध गर्दछ ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np