२०७८ साउन १०
२०७८ साउन १०
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यद्धारा आज कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्री श्री ज्ञानेन्द्र बहादुर काकी समक्ष भेटवार्ता गर्यो । उक्त अवसरमा अध्यक्ष श्री राजेन्द्र मल्लले गणतन्त्र नेपालको कानून न्याय तथा ससदीय व्यवस्था मन्त्री पदमा नियुक्त हुनु भएकोमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गर्नु भयो ।
सो अवसरमा चेम्वर अध्यक्ष श्री मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्नु हुंदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको वताउनु हुंदै निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक कृयाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गर्नु भयो । यसका अतिरिक्त चेम्वर अध्यक्ष श्री राजेन्द्र मल्लले संसदमा बिचाराधीन आर्थिक विधेयकहरु शिघ्र पारित गरिनु पर्ने,.खुला बजारको सन्दर्भमा कालो वजार ऐनको सान्दर्भिकताको नरहेकोले सो ऐन खारेज हुनु पर्ने ,. नगद ओसार पोसार सम्वन्धी कानूनी व्यवस्था नभएकोले निजी क्षेत्रलाइ यदाकदा समस्या आइ पर्ने भएकोले सोको कानूनी व्यवस्था गरिनु पर्ने तथा प्रविधिको दुरूपयोग नियन्त्रणका लागि आवश्यक कानून तर्जुमा गरिनु पर्ने र घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्स सम्वन्धी कानूनी व्यवस्था हुनु पर्ने तथा लगानीको लागि स्रोतको वैधतालाइ खुकुलो बनाउनु पर्ने लगायत आर्थिक क्षेत्रसंग सम्वन्धित कानून तर्जुमा गर्दा नेपाल चेम्वर अफ कमर्सलाइ पनि संलग्न गर्न आग्रह गर्नु भयो । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको अर्थतन्त्रलाइ उकास्न निजी क्षेत्रको अहम भूमिका रहने बताउनु हुंदै चेम्वरबाट प्रस्तुत सुझावलाइ गम्भिरतापूर्वक लिएको बताउनु भयो । हाम्रो पहिलो प्राथमिकता मुलुकको आर्थिक प्रगतिनै हो । यस सन्दर्भमा सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको बताउनु भयो । नेपाल चेम्वर अफ कमर्सको प्राप्त सुझावका लागि धन्यबाद ज्ञापन गर्नु भयो । उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल, उपाध्यक्ष श्री दीपक मल्होत्रा, श्री उर्मिला श्रेष्ठ, श्री दीपक श्रेष्ठ, श्री सुरेन्द्र श्रेष्ठ, श्री त्रिभुवनधर तुलाधर तथा चेम्वर कार्य समिति सदस्य श्री देवेन्द्रभक्त श्रेष्ठ, श्री सन्तोष पाण्डे, श्री दीपककाजी तुलाधर, श्री निरज राई, श्री राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np