चितवन चेम्बर अफ कमर्स
७ असार, २०७८
कोरोना भाईरसका कारण लामो समयसम्म भएको लक डाउनका कारण ब्यापार ब्यावसाय ठप्प रहेको र नेपाल सरकारले तोकेको यहि असार २५ गते सम्मको समय सिमा अपर्याप्त भएकोले यस कठिन परिस्थितीमा कर बुझाउन नसकिने हुदा पुनर्विचार गर्न चितवन चेम्बर अफ कमर्सले प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेको अध्यक्ष श्री दीर्घमान श्रेष्ठले बताउनु भयो ।
चेपा· समुदायलाई राहत वितरण
१४ असार, २०७८
चितवन चेम्बर अफ कमर्सले ईच्छाकामना गाउंपालिका वडा नं. ४ र ५ का चेपाङ्ग समुदायका विपन्न करिव साठी घरधुरीलाई राहत सामाग्री तथा मास्क वितरण गरेको छ । राहत सामाग्रीमा दाल, चामल, सोयाविन लगायतका खाद्य समाग्री रहेको थियो । सामाजिक उत्तरदायित्व अनुसार मानविय सहयोगमा चेम्बर सदैब अग्रसर रहेको चेम्बर का अध्यक्ष श्री दीघमान श्रेष्ठले बताउनु भयो । कार्यक्रममा उपस्थित वडा नं. ५ का अध्यक्ष श्री मोदराज सिलवालले विपतमा सहयोग गर्ने चितवन चेम्बर लाई धन्यवाद दिनु भयो । चितवन चेम्बरका उपाध्यक्ष श्री गोपाल भट्टराईले दिन पुगोस, खान पुगोस भनेर हामिले विपन्न परिवारलाई सहयोग गरेका हौं । आगामि दिनमा यस्ता सामाजिक कार्यमा थय कृयाशिल हुने बताउनु भयो । कार्यक्रममा चेम्बर का सचिव श्री बाल कुमार श्रेष्ठ, कोषाध्यक्ष श्री निर्मला पंडित, सदस्यहरु श्री रुविन रामुदामु, श्री महेश तिवारी, श्री पुरुषोत्तम कडेल, श्री महिला चेम्बर कि सचिव श्री सिता सापकोटा तथा मुग्लीन र खैरहनी चेम्बर का पदाधिकारी लगायत विभिन्न संघसंस्थाका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np