
२०७८ साउन २६
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले कार्य समिती सदस्य पर्शुराम दाहालको सभापतित्वमा चेम्बर अन्र्तगत गठित कर,राजश्व तथा भन्सार समितिकोे सह सभापतिमा मनोनयन हुनु भएका क्रमश श्री टिकाराम शर्मा ढुंगेल, श्री मदनलाल मित्तल र सदस्यहरुमा क्रमश श्री नयन पंडित क्षेत्री, श्री पुष्कर भुर्तेल श्री शिशिर गौतम, श्री नरेन्द्र कुमार गुप्ता, श्री राजिब पोखरेल, श्री अरुण राउत, श्री गोपाल अग्रवाल,श्री सिताराम अग्रवाल, श्री प्रभु अधिकारी, लाई मनोनयन पत्र प्रदान गर्नु भयो । उतm अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले कर,राजश्व तथा भन्सार क्षेत्र संग आवध्द्ध सवै निकायहरु लाग्नु पर्ने बताउनु हुंदै, यस समितिमा नेपालको कर,राजश्व तथा भन्सार क्षेत्रमा लामो अनुभव हाशिल गर्नु भएका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको कर,राजश्व तथा भन्सार क्षेत्रका संभाव्य नीति निर्णय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नु भयो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक श्रेष्ठ, उपाध्यक्ष श्री सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति थियो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np