२४ पुष २०७८
धनुषा चेम्बर अफ कमर्सले गरीब विपन्न अशहायहरुलाई न्यानो कपड़ा स्वरूप कम्बल बितरण गरेको छ । धनुषा चेम्बरका अध्यक्ष श्री बिजय कुमार साहको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संयोजकको रूपमा चेम्बरका उपाध्यक्ष श्री सलामत राइन रहेको जानकारी चेम्बरका सह कोषाध्यक्ष श्री जानकी रमण झाले बताउनु भएको छ । उक्त कार्यक्रममा प्रदेश नं. दुई का आंतरिक मामिला मंत्री श्री भरत साह प्रमुख अतिथि रहनु भएको थियो । जनकपुर नगरपालिका वड़ा न. ७ का अध्यक्ष श्री जानकी राम साह बिशिष्ट अतिथि, जिल्ला प्रहरी कार्यालयका म्क्ए तथा पूर्व मेयर श्री बजरंग साह ,उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष श्री प्रकाश चन्द्र साह लगायतका महानुभावहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
अक्सिजनको अभावमा कुनै पनि बिरामिको मृत्यु नहुने प्रतिवद्धता
३० बैशाख, २०७८
धनुषा चेम्बर अफ कमर्सले कोरोना महामारीमा अति आवश्यक पर्ने अक्सिजनको अभाव हुन नदिन र यसमा सहज आपुर्तिका लागि आबश्यक प्रवन्ध मिलाउन ब्यावसायीहरुलाई आग्रह गरे बमोजिम अक्सिजन आपुर्ति सहज हुने बताएको छ । चेम्बरले जनकपुरका जानकी हेल्थ केयर,जनकपुर सिटी अस्पताल, शवस्थिका अस्पताल, धनुषा अस्पताल लाई १५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । धनुषामा कुनै पनि विरामिलाई अक्सिजन अभाव हुन नदिने ब्यवस्था गरिएको धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष श्री विजय साहले बताउनु भयो ।
अक्सिजनको सुरक्षार्मीलाई खाजा तथा पानी वितरण
१६ जेष्ठ, २०७८
धनुषा चेम्बर अफ कमर्सले कोरोना महामारीमा निषेधाज्ञा पालना गराउन नगरका विभिन्न स्थानमा अहोरात्र खटिने सुरक्षाकर्मीलाई लक डाउन अवधिभर खाजा तथा पानी वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेश
१० असार, २०७८
धनुषा चेम्बर अफ कमर्सले कोरोना महामारीमा नेपाल सरकार तथा स्थानिय प्रशासनले लगाएको निशेधाज्ञाका कारण उद्योगी ब्यावसायीहरुलाई पर्न गएको क्षति, चाल्नु पर्ने कदमका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै अध्यक्ष श्री विजय साहको नेतृत्वमा गएको धनुषा चेम्बर परिवार ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np