२५ असार, २०७८
ककनी चेम्बर अफ कमर्सको आयोजनामा नुवाकोट जिल्लाको ककनीमा स्थानिय होटल ब्यावसायी तथा ज्योती बिकास बैंक बिच अन्तर्र्कया कार्यक्रमको आयोजना गरियो । ज्योती बिकास बैंकका नायब महाप्रवन्धक श्री रामहरी आचार्यको उपस्थिति रहेको उक्त कार्यक्रममा उहाले काठमाण्डौंको नजिक रहेको ककनीमा पर्यटनको प्रचुर सम्भावना रहेको हुदा होटल ब्यावसायमा बैंकले लगानी गर्न सक्ने वातावरण बनाउन ब्यावसायीलाई आग्रह गर्नु भयो । कृषि उत्पादन खासगरी मुलाको लागि उपयुक्त हावापानी रहेको ककनीमा यसलाई निर्यातमुखि उत्पादन बढाउनु पर्ने कुरामा समेतमा जोड दिनु भयो । ककनी चेम्बर अफ कमर्सका अध्यक्ष श्री श्याम कुमार लामाले सहुलियत ब्याज दर, धितो जमानी, बिमा आदिका बिषय समेतमा छलफल भएको बताउनु भयो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np