
२०७८ असार १८ नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले आज नेपाल राष्ट्र वैंकका गभर्नर श्री महा प्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट सुझावहरु प्रस्तुत गर्नु भयो । उक्त अवसरमा चेम्वरका अध्यक्ष श्री राजेन्द्र मल्लले सन् २०२०को सुरुवात देखि कोभिड–१९ महामारीको कारण विश्व अर्थतन्त्र प्रभाबित भएको छ । नेपालमा पनि कोभिड(१९ को पहिलो लहरमा अर्थतन्त्रले धेरै नोक्सानी बेहोरिसकेको अवस्थामा गत वैशाख १६ देखि कोरोनाको दोश्रो लहरका कारण जारी निषेधाज्ञाले झन् धेरै क्षति पुर्याईसकेको छ । देशको आर्थिक गतिविधि संचालनमा निजी क्षेत्रको महत्वपुर्ण योगदान रहेको हुन्छ । बैँकिङ क्षेत्रको प्रमुख मुहान निजी क्षेत्र भएकोले अहिले मुहान अत्यन्त क्षतिग्रस्त भएको विद्यमान विषम परिस्थतिमा राज्य तथा नेपाल राष्ट्र बैँकको पहिलो प्राथमिकता मुहानको संरक्षण गर्नु पर्ने देखिन्छ । अहिलेको विषम परिस्थतिमा आर्थिक पुनरुत्थान नभई आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन सम्भव देखिदैन बताउनु हुंदै निजी क्षेत्रको मनोबल कायम राखि आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्न नेपाल राष्ट्र बैँकले मौद्रिक नीति मार्फत अधिकतम प्रयास गर्नुपर्ने अपेक्षा राखेको बताउनु भयो । उक्त अवसरमा नेपाल राष्ट्र वैंकका गभर्नर श्री महा प्रसाद अधिकारीले चेम्वरबाट प्रस्तुत व्यवहारिक सुझावहरुको लागि धन्यबाद ब्यक्त गर्नु हुंदैै अहिलेको बिषम परिस्थितिमा बित्तीय संस्था तथा व्यवसाय टिक्न सकेमा मात्र अर्थतन्त्र दीगो हुने बताउनु हुंदै चेम्वर मार्फत व्यवसायीहरुलाइ मुलुकको अर्थतन्त्रलाइ दीगो बनाउने किसिमका वस्तु आयातका लागि प्रोत्साहित गर्न आग्रह गर्नु भयो ।
Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np