loader image
Close
  • 01-5330947
  • [email protected]
  • Kantipath
Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
  • Home
  • About Us
  • President’s Message
  • NCC Team
    • Executive Committee
    • Honorary Representatives
    • Memorandum of Understanding with Foreign Chamber of Commerce & Industry
    • Province
      • Koshi
      • Madhesh
      • Bagmati
      • Gandaki
      • Lumbini
      • Karnali
      • Sudurpashchim
    • NCC Staff
    • Membership Area
    • Past President
  • Certificate of Origin
  • Gallery
  • Government Acts & Policy
    • Government Quick Links
  • Nepal Chamber Expo
  • Women Chamber
  • Chamber Bulletin
  • Contact Us
News

आगामी बजेट यथार्तपरक र कार्यन्वयन गर्न सक्ने खालको हुनुपर्दछ: चेम्बर अध्यक्ष मल्ल

By NCC 

चैत २७, काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभा शुरु भएको छ । वार्षिक साधारणसभाको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुभयो । चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले आगामी बजेट बस्तुनिष्ठ र कार्यान्वयनमुखी हुनुपर्ने बताउनुभयो । अध्यक्ष मल्लले भन्नुभयो, ‘बजेट संधै महत्वाकांक्षी र ठूलो आकारको बनाउने तर श्रोतको अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्तपरक एवं घाँटी हेरी हड्डी निल्न सक्ने हुनुपर्दछ, । ’
आर्थिक गतिविधी विस्तार गरी राजश्व लक्ष्य बृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । उहाँले करको दर नभई दायरा बिस्तार गरेर नागरिकता संगै प्यानकार्ड दिने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुस्तता कायमै रहेको अध्यक्ष मल्लले बताउनुभयो । आयातको तुलनामा निर्यात निकै कम हुँदा यो वर्षपनि व्यापार घाटा उच्च हुने देखिएको अध्यक्ष मल्लको भनाई छ ।
पुँजीगत खर्च हुन नसक्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पुरा हुनेमा चुनौती रहेको अध्यक्ष मल्लले बताउनुभयो ।
मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन तथा सुचना प्रविधिको क्षेत्रका स्वदेशी तथा विदेशी लगानी आर्कषित गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पुरा गर्न सरकार प्रयासरत रहेको बताउनुभयो । आर्थिक उन्नतीका लागि निजी क्षेत्रको प्रर्वद्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भिर रहेको उहाँले बताउनुभयो ।
पुँजी निर्माण, पुँजीगत खर्चमा सुधार एवं व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार रहेको परराष्ट्रमन्त्री श्रेष्ठले बताउनुभयो ।
नोट ः
नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभामा अध्यक्ष राजेन्द्र मल्लले गर्नुभएको सम्वोधनको पुर्णपाठ पनि संलग्न गरिएको छ ।


१. सर्वप्रथम यस सभामा उपस्थित सम्पुर्ण आदरणीय अतिथि गणमा हार्दिक स्वागत तथा अभिवादन गर्दछु । ७३ औं वसन्त पार गरेको चेम्बर अभियान समग्र निजी क्षेत्रको लागि एउटा अत्यन्तै गौरवको क्षण पनि हो । आज भन्दा ७३ वर्ष अघि शुभारम्भ गरिएको नेपाल चेम्बर अफ कमर्स अहिले मुलुकभर विस्तार भएको छ ।

२. मुलुकको अर्थतन्त्रको विकास र निजीक्षेत्रको प्रवद्र्धनका लागि चेम्बरले निर्वाह गरेको भूमिका हामी सम्पूर्ण उद्यमी व्यवसायीहरुका लागि आत्मसम्मान र अपनत्वको विषय बन्न सफल भएको छ । सरकार र निजी क्षेत्रका लागि चेम्बर आज एउटा अपरिहार्य प्रतिनिधिमूलक संस्थाको रुपमा स्थापित भएको छ । यो अभियानमा योगदान गर्नुहुने संपूर्ण उद्यमी व्यवसायीहरुमा हार्दिक सम्मानका साथ नमन गर्दछु ।

३. चेम्बर सरकारसंग सहकार्य गर्दै अघि बढि रहेको छ । सरकारका ऐन नियम एवं नीति निर्देशिकाहरुको वस्तुपरक विश्लेषण गर्दै चेम्बरले आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै आएको छ । चेम्बरका रचनात्मक सुझावहरुलाई सरकारले कार्यन्वयन पनि गर्दै आएको छ । अर्थतन्त्रमा प्रतिकूल असर पर्न सक्ने संभावना भएका विषयहरुमा चेम्बरले प्रष्ट धारणा राख्दै आएको छ । तसर्थ चेम्बरको व्यावहारिक अनुभवको आधारमा प्रस्तुत हुने रणनीतिले सरकारलाई उद्योग, वाणिज्य क्षेत्रमा नीति नियम तथा कार्ययोजना बनाउन एवं कार्यान्वयन गर्न सकारात्मक सहयोग प्राप्त भएको छ ।

४. नेपाल चेम्बर अफ कमर्सले आफ्नो स्थापना काल देखि नै संस्थागत व्यावसायिक सामाजिक उत्तरदायित्व लाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यस कार्यलाई निरन्तर रुपमा अघि बढाइएको छ । व्यवसायिक र आर्थिक गतिविधी विस्तार एवं सामाजिक सेवाका क्षेत्रमा उत्कृष्ट योगदान गर्ने संस्था तथा महानुभावहरुलाई चेम्बरले सम्मानित गर्दै आएको छ । सोको विवरण यस सभामा प्रस्तुत हुने नै छ ।

५. चेम्बरले राज्यका विभिन्न निकायसंग सहकार्य गर्नुका साथै विभिन्न गतिविधिहरु सञ्चालन गरी अर्थतन्त्र विस्तारको लागि पहल गरेको छ । आर्थिक प्रतिकुलताकाबीच चेम्बरले अन्तराष्ट्रियस्तरको एक्स्पो गर्दै आएको छ । गत फागुनमा सातौ चरणको एक्स्पो सफलतापुर्वक सम्पन्न भएको छ । स्थानीय एवं घरेलु उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरणका लागि एक्स्पो फलदायी भएको हामीले महसुस गरेका छौं । एक्स्पोबाट बी टु बी मार्फत मित्र राष्ट्रहरुका व्यापारिक कम्पनी एवं संस्थाहरुसंग नेपालको आर्थिक सम्बन्धको प्रवद्र्धनमा उल्लेखनीय टेवा पुगेको छ ।

६. नेपाल चेम्बर अफ कमर्सले मुलुकको अर्थतन्त्रको प्रवद्र्धनको लागि चालिनुपर्ने कदमहरुका साथै विभिन्न समसामयिक विषयमा आफ्ना दृष्टिकोणहरु समय समयमा नेपाल सरकार समक्ष प्रस्तुत गर्दै आएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूको समउपस्थितिमा यस अति विशिष्ट समारोहमा अर्थतन्त्रमा विद्यमान चुनौतीका विषयमा चेम्बरका दृष्टिकोणहरु संक्षेपमा राख्न चाहान्छु ।
सम्माननीय प्रधानमन्त्री ज्यू

७. हाल अर्थतन्त्रका बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिकतर्फ सुस्तता कायमै छ । विदेशी विनिमय संचिति अहिलेसम्मकै उच्च १८ खर्व ७२ अर्व पुगेको छ । रेमिट्यान्स ८ महिनामा ९ खर्व ६१ अर्व रुपैयाँ भित्रिएको छ ।

८.यद्यपी आयतको तुलनामा निर्यात निकै कम हुँदा यो वर्ष पनि व्यापार घाटा उच्च हुने देखिएको छ । व्यापार घाटा फागुन मसान्त सम्म ९ खर्व २९ अर्व पुगिसकेको छ । । हाल आयातको हिस्सा निर्यात भन्दा ९ गुणाले अधिक छ । राजश्व पनि लक्ष्य अनुसार संकलन हुन सकेको छैन । बजेट संधै महत्वाकांक्षी र ठूलो आकारको बनाउने तर श्रोतको अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्तपरक एवं घाँटी हेरी हड्डी निल्न सक्ने हुनुपर्दछ ।

९. सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । बैंक वित्तीय संस्थामा कर्जाको व्याजदर अपेक्षा अनुसार अझै पनि घट्न नसक्नु, चालु पुँजी कर्जा निर्देशन व्यवहारिक नहुनु, कर्जा लिँदा भ्ःक्ष् भुक्तानी १ सय प्रतिशत गरिनुपर्नेमा २ सय प्रतिशत कायमै रहनुले लगानी आर्कषित हुन सकेको छैन । बाणिज्य बैंक हरुले स्थानीय तहको खातामा रहेको रकमलाई निक्षेपमा गणना गर्न नपाउने व्यवस्था पछि पनि बैंक वित्तीय संस्थामा अहिले पनि झण्डै साढे ५ खर्व लगानी योग्य रकम अधिक तरलता थुप्रिएको देखिन्छ ।

१०. साना तथा मध्यमखाले उद्यम व्यवसायमा जाने कर्जामा सहजीकरण गरिनुपर्दछ ।

११. पुँजिगत खर्च चालु आर्थिक वर्षको करिव ९ महिनामा ३०÷३१ प्रतिशतमा सिमित छ । एडीबीले यो वर्ष आर्थिक वृद्धि ४ दशमलव ३ % र विश्ववैंकले ३ दशमलव ३% मात्रै हुने प्रक्षेपण गरेका छन । उच्च लगानी र रोजगारी सिर्जना मार्फत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य विभिन्न कठिनाईका कारण पुरा हुन सकेका छैनन । कोभिड १९ लगत्तै रुस – युक्रेन युद्ध र पछिल्लो समय इजरेल–हमास युद्धले विश्वको आपूर्ति शृङखलालाई नराम्ररी प्रभावित तुल्याएको छ र महङ्गी पनि बढाएको छ ।

१२.मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अपरिहार्य छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको लागि पनि यो कार्य अनिवार्य छ । मुलुकको अर्थतन्त्र आयातमुखी हुन पुगेको छ । कृषि प्रदान मुलुक नेपालले वार्षिक खर्बो रुपैयाँ भन्दा बढीको खाद्यान्ह एवं खाद्य सामाग्रीहरुको आयत गरि उपभोग गरिरहेको अवस्था छ । मुलुकमा भएका प्राकृतिक श्रोत र साधनहरुलाई प्रर्वद्धन गरी उत्पादन र उपभोग एवं निर्यात गर्न आवश्यक छ ।

१३.तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन तथा क्ष्त् को क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन अति आवश्यक छ । यस्तै हस्तकलाका सामाग्री, खानी जन्य बस्तुहरु, बहुमूल्य रत्न पत्थर, जडिबुटी आदि वस्तुहरुको उत्पादन र प्रशोधन एवं ब्राण्डिङ गरी निर्यात प्रर्वद्धन पनि गरिनु पर्दछ । आर्थिक गतिविधी विस्तार एवं निर्यात प्रर्वद्धनका लागि संसदमा बिचाराधिन कानूनहरु यथाशिघ्र संशोधन गरिनुपर्दछ । नेपालको धन हरियो बन नीति अंगिकार गरि प्राकृतिक श्रोतहरुको समुचित प्रयोग गरी काठको आयातलाई बन्द गरिनुपर्दछ ।

१४.पुँजिगत खर्च समयमै सम्पन्न गर्नका लागि त्ष्mभ द्ययगलम ब्अतष्यल एबिल बनाई कार्ययोजना बनाईनुपर्दछ ।

१५.करको दर नभई दायरा विस्तार गर्न नागरिकता संगै प्यानकार्ड दिने व्यवस्था गरिनुपर्दछ ।

१६. भन्सारका मुख्य मुख्य नाकाहरुमा अन्तराष्ट्रिय स्तरको क्वारेन्टिन ल्याव स्थापना गरी निर्यात पर्वद्धन एवं आयातलाई व्यवस्थित तुल्याईनुपर्दछ ।

१७. जडीवुटी जन्य बस्तु एवं औषधी र लत्ता कपडा आदिमा प्रयोग हुने गाजाँको खेतीलाई बैधानिकता दिनुपर्दछ । सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा गाँजाको विषय संवोधन गरेपनि आवश्यक अन्य प्रक्रीया पुरा गरेको छैन । यसलाई अविलम्ब कार्यन्व्यनमा ल्याईनुपर्दछ ।

१८.यस्तै कृषिमा दिइँदै आएको सहुलियत कर्जाको निरन्तरता हुनुपर्दछ । कृषि कर्जा खेत किन्नेलाई नभई खेती गर्नेलाई प्रदान गरिनुपर्दछ ।

१९.भन्सारमा कारोवार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेज गरिनुपर्दछ ।

२०. युवाहरुलाई स्वेदशमै रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना बनाईनुपर्दछ । रोजगारीका लागि विदेशिएका युवाहरु स्वदेश फर्किने क्रममा अध्यागमनमा उनिहरुको सीप र ज्ञानको लगत संकलन गरी स्वदेशकै उत्पादनमुलक क्षेत्रमा प्रयोग गरिनुपर्दछ ।

२१. १६ औं पञ्चवर्षिय योजना, आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिबीच प्रभावकारी समन्वय हुनुपर्दछ ।

२२.अर्थतन्त्रलाई चलायमान बनाउन एवं राजश्व वृद्धिका लागि घर जग्गा तथा सेयर धितो राखी प्रवाह हुने ५० लाख भन्दा माथिको कर्जाका लागि हाल कायम १ सय २५ % को जोखिम भारलाई कम गरी विगतमा भैm १ सय % कायम गरिनुपर्दछ ।

२३. ४८ वर्ष पुरानो कालोबजार ऐन २०३२ लाई समय सापेक्ष संशोधन गरिनुपर्दछ । निजी क्षेत्रलाई अनुगमन गर्ने सरकारी थुप्रै निकायहरु छन । यसका बाबजुद अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको संसदमा प्रस्तावित विधेयकले नीजिक्षेत्रलाई हतोत्साहित तुल्याएको छ । तसर्थ यसलाई खारेज गरिनुपर्दछ ।

२४. सन् २०२६ देखि नेपालको अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरउन्नती हुँदैछ । त्यस पश्चात अतिकम विकसित राष्ट्रको हैसियतले अन्तराष्ट्रिय क्षेत्रमा उपभोग गर्दै आएको छुट र सहुलियतहरु बन्द हुनेछन । तर भुपरिवेष्ठित मुलुकले पाउने सुविधाका लािग नेपालले समयमै आवश्यक गृहकार्य गर्नुपर्दछ ।

२५. अन्त्यमा मेरो कार्यकाललाई सफल र सहज तुल्याउन सहयोग गर्नुहुने चेम्वरका पदाधिकारी ज्यूहरु सम्पुर्ण सदस्य ज्यूहरु, मेरो परिवारमा श्रीमती कान्ती मल्ल, छोराहरु विमलेन्द्र मल्ल र कविन्द्र मल्लका साथै चेम्बरका सम्पुर्ण कर्मचारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
धन्यबाद


Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित
Previous Article
चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
Next Article

Our goal of Making the trade sector competitive for economic development of Nepal has being going strong for 70 years.

Kathmandu, Nepal

Nepal Chamber Of Commerce
Chamber Bhawan, Kantipath
P.O. Box No. 198
Tel. +977-1-5330947/5330941
Fax: +977-15329998
Email: [email protected]
www.ncc.org.np

Locate Us

Facebook Twitter X-twitter Linkedin
Copyright © 2025 by Nepal Chamber of Commerce. All Right Reserved.
Design and developed by Portous Studio.